डीएसपीले मेडिकल पसलका कर्मचारी कुटेको घटनाको छानविन गर्न समिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

डीएसपीले मेडिकल पसलका कर्मचारी कुटेको घटनाको छानविन गर्न समिति गठन

नितेश कर्ण,
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रह्लाद कार्कीले बुधवार मेडिकल पसलका कर्मचारी कुटेको घटनाको छानविन गर्न समिति गठन गरिएको छ ।

प्रदेश नं. २ प्रहरी कार्यालयले घटनाको छानबिन गर्न ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । प्रदेश नं. २ प्रहरी कार्यालयका प्रहरी उपरिक्षक कृष्ण प्रसाईको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन भएको कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरिक्षक प्रसाईद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निषेधाज्ञा पालना गराउने सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बीरगन्ज महानगरपालिका वडा नं. ८ मा रहेको मेडिकल पसलका कर्मचारीसँग गैरव्यवसायिक व्यवहार देखाएको समाचार विभिन्न माध्यमबाट बाहिरिपछि प्रदेश नं. २ प्रहरी कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

चौतर्फी आलोचनाले दबाब बढेपछि प्रदेश नं. २ प्रहरी कार्यालयले घटनाको छानविन गर्न भन्दै छानविन समिति गठन गरेको हो ।

छानविन समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको र अनुसन्धान गरिरहेको छानविन समितिका संयोजक प्रहरी उपरिक्षक प्रसाईले जानकारी दिए । अनुसन्धानको क्रममा कोही प्रहरी कर्मचारी दोषी देखिएमा प्रहरी नियमावली अनुसार कारवाही गरिने उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);