महाकाली तुइन प्रकरणः गृहमन्त्रीको निर्देशनमा घटनाको छानविन गर्न सरकारी समिति गठन | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

महाकाली तुइन प्रकरणः गृहमन्त्रीको निर्देशनमा घटनाको छानविन गर्न सरकारी समिति गठन

दार्चुला । दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन निकाल्दा एक नेपाली महाकाली नदीमा बेपत्ता भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले घटनाको छानविन गर्न गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा छानबिन समिति गठन गरेका हुन् । समितिमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेल, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदी र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी सदस्य छन् ।

मन्त्री खाँणले जतिसक्दो छिटो सत्यतथ्य छानविन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् ।

शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा एसएसबीले फलामे डोरी निकालिदिँदा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको स्थानीयको दाबी छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई पत्र पठाउँदै छानविन गरेर सहयोग गरी दिन आग्रह गरेको छ । पिथौरागढ डीएम कार्यालयलाई पत्राचार गरिएको दार्चुला जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);