लकडाउनकाे मोडालिटी परिवर्तन गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लकडाउनकाे मोडालिटी परिवर्तन गरिने

सिन्धुपाल्चोक, २३ भदौ। सिन्धुपाल्चोकमा लकडाउनको मोडालिटी परिवर्तन गरिने भएको छ । भदौ १ गतेदेखि जारी लकडाउन चौथोपटक भदौ २४ गतेदेखि ३१ गतेसम्मको लागि थप गर्दा मोडालीटी समेत परिवर्तन गरिएको हो ।

नयाँ नियमअनुसार अब बजारका सबै पसल व्यवसाय दिउँसो ११ बजेदेखि ४ बजेसम्म खोल्न पाइने भएको हो । पसल खोल्दा स्वास्थ्य मापदण्डले तोकेको सबै प्रकृया अनिवार्य पुरा गर्नुपर्ने र त्यसको अनुगमन भने सिन्धुपाल्चोक उद्योग वाणिज्य महासंघले गर्ने भएको छ ।

मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । सवारी साधन सञ्चालन गर्ने, अन्तरजिल्ला हिहडुल गर्ने लगाएतका यसअघिका निर्णय भने यथावत नै रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);