कपिलवस्तुमा जारी निषेधाज्ञा फेरि जेठ १८ देखि २४ गतेसम्म थपियाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

कपिलवस्तुमा जारी निषेधाज्ञा फेरि जेठ १८ देखि २४ गतेसम्म थपियाे

कपिलवस्तु । कपिलवस्तुमा जारी निषेधाज्ञा फेरि जेठ १८ देखि २४ गतेसम्म थपिएको छ। तेस्रो पटकका लागि थप गरिएको लकडाउन जेष्ठ १७ गते राति १२ बजे सकिदै थियो। तर, कोरोना भाइरसको संक्रमण दर नघटेको विश्लेषण गर्दै जिल्लाको भिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमी) जिल्लामा चौथो पटक थप गरीएको निषेधाज्ञा जेठ १८ देखि २४ गते सम्म कायम रहनेछ ।

विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म अत्यावश्यकीय कामका लागी पसल सञ्चालन हुनेछन्। निजी तथा सार्वजनिक यातायातका माध्यमलाई सञ्चालनमा रोक लगाइएको छ। निषेधाज्ञामा अनुमति नलिने सवारी साधनलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले बताए। कोरोना संक्रमणका कारण जोखिमपूर्ण अवस्था कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको उनले बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);