सप्तरीको राजबिराजमा युवा व्यवसायीहरुद्वारा निःशुल्क भोजन वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सप्तरीको राजबिराजमा युवा व्यवसायीहरुद्वारा निःशुल्क भोजन वितरण

सप्तरी । सप्तरीको राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल र छिन्नमस्ता अस्पतालका कुरुवाहरुका लागि निःशुल्क भोजन बितरण शुरु भएको छ। सप्तरीका विभिन्न स्थानबाट विरामी लिएर अस्पताल पुगेका कुरुवाहरुलाई लकडाउनमा खानाको समस्या हुन थालेपछि राजबिराजका युवा व्यवसायीहरुले निःशुल्क भोजन बितरण शुरु गरेका हुन।

भोजन वितरण कार्यक्रम शुरु भए लगत्तै स्थानिय संघ संस्था र विदेशबाट समेत सहयोगी हातहरु अघि बढेका छन्। विगत १० गते देखि शुरु भएको निःशुल्क भोजन कार्यक्रम लकडाउन भरी जारी रहने आयोजक टिमका अमृत सन्चेतीको भनाई छ। दैनिक बिहान बेलुकी गरी २ सय जना सम्मले नियमित भोजन गर्दै आएको उनीहरुको भनाई छ।

लकडाउनमा आर्थिक समस्या साथमा बजार बन्द रहेकाले खाना नपाईने भएकाले निशुल्क भोजन कार्यक्रमले ठुलो राहत महसुस भएको कुरुवा राजनारायण यादवको भनाई छ। अस्पतालमा खाना वितरणको प्रस्ताव आएपछि खानाको गुणस्तर समेत परिक्षण गरिएको अस्पतालले जनाएको छ।

खानाको गुणस्तर तथा व्यवस्थापन राम्रो भएकाले चिकित्सकहरु समेत भोजनमा सहभागि हुने गरेको बताउँछन। लकडाउन र आर्थिक तंकीका बिच युवाहरुको समुहले गरेको भोजन वितरण कार्यक्रम सराहनिय छ। यस्ता अभियानलाई देशव्यापी बनाउन युवाहरुले आ आफ्नो स्थानबाट अघि बढे कोरोनाको आहतमा ठुलो राहत हुने निश्चित छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);