मानवसेवा आश्रममा निःशुल्क सेवा गर्ने नर्स | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मानवसेवा आश्रममा निःशुल्क सेवा गर्ने नर्स

बागलुङ । बागलुङ नगरपालिका–६ निवासी पुजन आचार्य हरेक दिन बिहान बेलुकी र सार्वजनिक बिदाको दिन मानवसेवा आश्रममा भेटिन्छिन् । धौलागिरी अस्पताल बागलुङमा अहेबको रुपमा कार्यरत २० वर्षीया आचार्यले व्यक्तिगत जीवनलाई त्यागेर मानव सेवामा समपर्ण भएकी हुन् ।

मानव सेवाले ओतप्रोत भएर आचार्य युवा अवस्थाको व्यक्तिगत रुचि बेवास्ता गर्दै आश्रमका रहेका ज्येष्ठ नागरिक, शारीरिक तथा मानसिक रुपमा बिछिप्त नागरिकको सेवामा लागेकी हुन् । उनी डेढ बर्षदेखि मानव सेवा आग्रहको मेडिकल वार्डमा निःशुल्क सेवा गर्दै आएको आश्रमका अभिभावक सुमिरा लामाले जानकारी दिइन । पहिलो पटक मानव सेवा आश्रमको मेडिकल वार्डमा प्रवेश गर्दा दुई महिना मासिक तलब २० हजार पारिश्रमिक लिए पनि त्यसपछि बेतलवी सेवा गर्दै आएको लामाले बताइन ।

आश्रममा बसेर काम गर्दा यहाँको आर्थिक अवस्था, आर्थिक स्रोत र व्यवस्थापनबारे जानकारी पाएपछि निःशुल्क सेवा गर्ने भावना विकास भएको आचार्यले बताइन् । ‘आश्रम दानबाट सञ्चालन भएको छन्’ उनले भनिन् ‘सबैले गाँस काटेर आश्रितको भोको पेट भर्ना दिएको रकमबाट तलब लिन मनले मानेन ।’ आचार्यले ६ महिनादेखि करारमा  धौलागिरी अस्पतालका काम गरेकी छिन् । 

घरको जेठी छोरी आचार्यलाई परिवारका सदस्यले पनि मानव सेवाको लागि प्रोत्साहन दिइरहेका छन् । ‘सुरूसुरूमा आमाबाबाले व्यक्तित्व बनाउने विषयमा जोड दिएका थिए’ आचार्यले भनिन्, ‘अहिले सबैले घर हामी सम्हाल्छौँ, तिमी सेवामा लाग्नु भन्नुभएको छ ।’ परिवारका सदस्यको हौसालले सेवामा थप उत्साही दिएकाे उनको भनाइ छ । आफुले सक्ने बेलासम्म निःशुल्क सेवा गर्ने आचार्यले बताइन ।

आश्रमका रहेका अधिकांस ज्येष्ठ नागरिकमा मानसिक तथा दीर्घ रोगको समस्या छ । उनीहरुको नियमित स्वास्थ्य परीक्षण, नियमित औषधी खुवाउने तथा थप विशेषज्ञा डाक्टरसँग उपचार गर्नुपर्ने अवस्थामा अस्पतालसम्म लैजाने काम गर्दै आएको आचार्यले बताउनुभयो । आश्रमका अभिभावकले सडकबाट मानसिक रुपमा विछिप्त नागरिक उठाएर ल्याए पछि उनीहरुको मानसिक स्वास्थ्यको जिम्मेवारी आचार्यले लिने गरेकी छन ।

धौलागिरी अस्पताल तथा काठमाडाै‌ंका अस्पतालका कार्यरत मानसिक रोग विशेषज्ञा डाक्टरलाई भेटेर वा  बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएर विज्ञको सल्लाह अनुसार औषधि चलाउने गरेको उनले बताइन । आश्रममा रहेका ४९ जनामध्ये ३२ जनाले मानसिक रोग र चार जनाले उच्चरक्त चाप र सुगरको औषधि सेवन गर्दै आएका छन् । मानसिक रोग र दीर्घ रोगको औषधि खरिदमा मासिक २२ हजार रुपैयाँ खर्च हुने आचार्यको भनाइ छ ।

बागलुङको आश्रममा देशका विभिन्न जिल्ला, छिमेकी देश भारत र बंगलादेशी नागरिक समेत आश्रित छन्  । उनीहरू सबैको निःशुल्क भोजन तथा औषधि उपचार मानव सेवा आश्रमले गर्दै आएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);