राजधानी बन्यो सडकमानव मुक्त : धेरै आश्रममा, केही परिवारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

राजधानी बन्यो सडकमानव मुक्त : धेरै आश्रममा, केही परिवारमा

manabmukta

काठमाडौं, १२ पुस । राजधानी काठमाडौँ महानगरलाई बेसहारा सडकमानव मुक्त बनाउने अभियानको थालनीसँगै बालाजु बाइपासस्थित आश्रमको ‘स्क्रिनिङ सेन्टर’ मा सडकमानवको चाप बढ्दो छ । तर सेन्टरभित्रको रौनक आफ्नै खालको छ । कोही चेस खेल्दै त कोही क्यारमबोर्डमा दाउ लगाउँदै थिए । बूढाबूढी, अशक्त, महिला र बालबालिका भने घामको पार ताप्दै भेटिए ।

बिरामी र मनोरोगी व्यक्तिहरू भने आफ्नै तालमा एक्लै गफिँदै घरी घाम र घरी शीतलतिर सर्दै थिए । कतिपय उद्धारकर्मी सडकबाट ल्याएकालाई नुहाइधुवाइसँगै सफा कपडा लगाएर घाममा राख्दै थिए ।

महानगरका कर्मचारी, मानव सेवा आश्रमका सेवक तथा प्रहरीको एक समूह भने सडकमानवको लिखत उतार्ने, फोटो खिच्ने, उद्धार गरेकाको सरसफाइ गर्ने, खानपानको व्यवस्थापन गर्दै थिए । “परिवारको पुनर्मिलनमा जाने, परामर्श दिनुपर्ने र सेवामा राख्नुपर्नेको सूची तयार पार्ने प्रयास भइरहेको छ,” आश्रमका प्रदेश ३ संयोजक सुमन बर्तौलाले भन्नुभयो, “सबैथरि मानिस एकै ठाउँमा राखेर छाट्नु पर्दा कठिनाइ बढेको छ ।”

मङ्सिर २९ गतेबाट बेसहारा सडकमानवको उद्धार थालिएको हो । हालसम्म ३५० को सडकबाट उद्धार भइसकेको आश्रमले जानकारी दिएको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);