नेपाल चिकित्सक संघद्धारा कोभिड १९ संग लड्न थप तालिम दिइदैँ | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नेपाल चिकित्सक संघद्धारा कोभिड १९ संग लड्न थप तालिम दिइदैँ

काठमाडौँ। नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठनका साझेदार संस्थाहरुसंग मिलेर स्वास्थ्यकर्मीलाई तालिम दिन थालेको छ । बिहीबारदेखि शुरु भएको तालिम १० दिनसम्म चल्ने संघका अध्यक्ष लोचन कार्कीले बताए ।

एउटा समूहमा १०० जना चिकित्सक एवं स्वास्थ्यकर्मीलाई तालिम दिन सकिने बताइएको छ । तालिममा कोरोना महामारीबाट बच्नको लागि संक्रमितलाई कसरी उपचार गर्ने, कोरोना अस्पतालमा चिकित्सकको तर्फबाट बिरामीको व्यवस्थापन कसरी गर्ने र संक्रमितको उपचार गर्दा आफू कसरी जोगिने भन्ने विषय भएको कार्कीले बताएका छन् ।

सामान्य अवस्थामा समेत स्वास्थ्यकर्मीको अभाव रहेको नेपाली स्वास्थ्य प्रणाली निकट भविष्यमा नै जनशक्तिको अभावले संकटमा पर्ने अवस्था आउन लागेको भन्दै चिकित्सक संघले त्यसको पूर्वतयारी स्वरुप तालिम सञ्चालन गर्न लागेको हो ।

चिकित्सक संघका अनुसार तालिम नेपाल चिकित्सक संघ, विश्व स्वास्थ्य संगठन, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको संयुक्त आयोजनामा गर्न लागिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);