कोरोना उपचारमा सरकार पन्छिन खोजेको ओरोप : चिकित्सक संघ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोना उपचारमा सरकार पन्छिन खोजेको ओरोप : चिकित्सक संघ

काठमाडौं। नेपाल चिकित्सक संघले कोरोना महामारीमा सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताएको छ । चकित्सक संघले शनिबार एक विज्ञप्ति जारी गर्दै जनताको अभिवाक सरकार भएको भन्दै कोरोना महामारीको समयमा सरकार जनताप्रतिको जिम्मेवारबाट पन्छिन नमिल्न बताएको हो ।

संक्रमितहरुको उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु स्वयं संक्रमित भइरहेको भन्दै चिकित्सक संघले उनीहरुको उचित व्यवस्थापन तथा थप कर्मचारीको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ ।

एकातिर दिनानुदिन कोरोनाका कारण संक्रमित संख्यामा बृद्धि हुँदै जानु र अर्कातिर स्वास्थ्य मन्त्रालय नागरिकको स्वास्थ्य उपचारबाट पन्छिन खोज्नुले झनै आमा नागरिकमा भय सृजना भएकोमा चिकित्सक संघले चिन्ता व्यक्त गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);