डाक्टर केसीको अनसन, सरकार र चिकित्सक संघको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

डाक्टर केसीको अनसन, सरकार र चिकित्सक संघको भनाई

काठमाडौं, १६ असार । नेपाल चिकित्सक संघले प्रा.डा. गोविन्द के.सीलाई जुम्लामा स्वास्थ्य परीक्षणमा बन्देज लगाएको घटनाप्रति निन्दा एवं भत्र्सना गरेको छ ।

नेपालको संविधानले स्वास्थ्य क्षेत्रलाई मौलिक अधिकारको रुपमा राखेको भन्दै संघले डाक्टर केसीलाई स्वास्थ्य परीक्षणबाट नै बन्देज गरेर सरकारले नागरिकको आधारभूत मानव अधिकारको हनन गरेको बताएको छ । संघले संविधान विरोधी क्रियाकलापलाई अबिलम्ब रोक्न सरकारसंग माग गरेको छ ।

शनिबार जुम्लामा अनसन सुरु गरेका डाक्टर केसीलाई नियन्त्रणमा लिएको घटनालाई संघले निन्दा एवं भत्र्सना गरेको छ । प्रजातान्त्रिक मुलुकमा प्रजातन्त्र नभएको महसुस हुनेगरि डाक्टर केसीलाई नियन्त्रणमा लिएर सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन् गरेको ठहर संघले गरेको छ ।

यसैबीच, राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा सरकारका मन्त्रीले डाक्टर केसीको अनसनप्रति लक्षित गर्दै कसैको निर्देशन र अनशन अनुसार कानुन नबन्ने उद्घोष गरे ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले अनशन बस्ने व्यक्तिको स्वतन्त्रताको कुरा भएपनि सार्वजनिक स्थलहरुमा अबदेखि हड्ताल गर्न नपाईने बताएका छन् । उनले चिकित्सा शिक्षा विद्येयक संसदमा टेबुल भैसकेकोले अब त्यो संसदको विजनेश भएको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);