मुुलुक समृृद्ध बनाउन पर्यटन व्यवसायको विकास गर्नुपर्छ : मन्त्री यादव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मुुलुक समृृद्ध बनाउन पर्यटन व्यवसायको विकास गर्नुपर्छ : मन्त्री यादव

upendra-yadba

काठमाडौं, १६ असार । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मुुलुकलाई समृृद्ध बनाउनका लािग पर्यटन व्यवसायको विकास गर्नुपर्ने बताएका छन् ।

संघीय पर्यटन मञ्चले शनिबार राजधानीमा गरेको कार्यक्रममा उपप्रधानमन्त्री यादवले पर्यटन क्षेत्रको व्यवसायिक विकास गर्न सके नेपाल गरिब मुलुक नरहने बताए । योजना, व्यवस्थापन र राजनीतिक चिन्तनको अभावका कारण मुलुकले विकास र समृद्धिको बाटो लिन नसकेको भन्दै उनले कमिशन र भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

उनले शासन सत्तामा एउटै वर्गको बर्चश्व भएका कारण मुलुक पछाडि धकेलिएको दाबी गरे । उनले समानता, सामाजिक न्याय र विविधतामा एकतामा आधारित समाजको निर्माण गर्न सक्ने हो भने नेपाल संसारकै नमूना देश बन्न सक्ने ठोकुवा गरे । संघीय पर्यटन मञ्च उपप्रधानमन्त्री यादव नेतृत्वको संघिय समाजवादी फोरम सम्बद्ध भात्तृ संगठन हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);