नेपालको पर्यटन विकास र प्रवर्द्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय : प्रधानमन्त्री देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालको पर्यटन विकास र प्रवर्द्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय : प्रधानमन्त्री देउवा

काठमाडौं । पर्यटन मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटन क्षेत्रलाई जोखिम बहन गर्न सक्ने क्षेत्रका रुपमा विकास गर्न सरकार अघि बढेको बताएका छन् ।

४२औँ विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले कोभिड-१९ ग्रस्त पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले शुल्क तथा कर छुट, खोपको प्राथमिकता दिने नीतिगत व्यवस्था गरेको स्मरण गराएका छन् ।

उनले नेपालको पर्यटन क्षेत्र विकास र प्रवर्द्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय रहेको बताएका छन् । ‘पूर्वाधार विकास, नयाँ पर्यटकीय गन्तव्यको पहिचान, विकास र विस्तारका लागि निजी क्षेत्र र व्यवसायीलाई सहुलियत दिन, सहजीकरण र सहकार्य गर्न नेपाल सरकार तयार छ,’ देउवाले भनेका छन्, ‘संस्कृति ,पर्यटन र हवाइ सम्झौतामार्फत् उक्त प्रयासलाई विस्तार गर्ने र  नेपाललाई अन्तर्राष्ट्रिय साँस्कृतिक तथा यातायात सञ्जाललाई सघन रुपमा आवद्ध गर्दै लगिनेछ ।’

नेपाललाई सुरक्षित र भरपर्दाे पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु नै साझा लक्ष्य रहेको उनले बताएका छन् । ‘समावेशी वृद्धिका लागि पर्यटन’ नाराका साथ आज साेमबार ४२औँ विश्व पर्यटन दिवस मनाइँदैछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);