पर्यटन व्यवसायलाई माथि उठाउन पहल गर्ने मन्त्री लिलानाथ श्रेष्ठको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

पर्यटन व्यवसायलाई माथि उठाउन पहल गर्ने मन्त्री लिलानाथ श्रेष्ठको प्रतिवद्धता

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

सिंहदरबारमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पदभार सम्हाल्दै उनले आफू मन्त्रालयमा रहुन्जेल पर्यटन क्षेत्र तथा पर्यटन व्यवसायको विकास र सम्मृद्धिका लागि काम गर्ने बताए । रहरले नभई बाध्यताले मन्त्रालयको जिम्मेवारी सम्हाल्नु परेको उल्लेख गर्दै उनले कोभिड महामारीको अत्यन्तै कठिन अवस्थामा पनि पर्यटन क्षेत्रको सम्मुनत विकासका लागि भिन्न किसिमको कार्यायोजना बनाई अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

सरकारले नीति ल्याउने तर कार्यान्वयन तहमा लैजाने जिम्मेवारी कर्मचारीहरुको भएको भन्दै उनले समग्र मन्त्रालयका कामलाई प्रभावकारी बनाउने गरी कार्ययोजना बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री श्रेष्ठले नेपाल वायु सेवा निगमले विभिन्न समयमा जहाज किन्दा देखिने गरेका समस्याको पनि अध्ययन गर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);