गण्डकी प्रदेशमा दुई मन्त्रीले पाए मन्त्रालय, मनाङे र आचार्य अझै विना विभागीय मन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गण्डकी प्रदेशमा दुई मन्त्रीले पाए मन्त्रालय, मनाङे र आचार्य अझै विना विभागीय मन्त्री

कास्की । गण्डकी प्रदेशमा मन्त्री रहेका दुई जनाले मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका दुई जनाले आज मन्त्रालयको जिम्मेवारी पाएका हुन् । 

नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीले कांग्रेसबाट मन्त्री बनेका कुमार खड्का र माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मन्त्री कुमार खड्काले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी छन् । 

दुई मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएपनि जेठ २९ गते मुख्यमन्त्री नेपालीसँगै बिनाविभागीय मन्त्रीको सपथ खाएका ज.स.पा का हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले भने अझै मन्त्रालयको जिम्मेवारी पाएका छैन्न । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);