यूवराज कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

यूवराज कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले बहराइनको लागि नेपाली राजदूतमा सिफारिस भएका युवराज कार्कीको योग्यता नपुगेको भन्दै निर्णय कार्यन्वयन रोक लगाएको छ ।

अधिवक्ता दीपक मिश्रले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीको निर्णय तत्काल कार्यन्वयन नगर्न भनेका हुन्। कार्कीलाई वैशाख २५ गते राजदूत नियुक्तका लागि सरकारले सिफारिस गरेको थियो ।

प्रतिनिधिसभा विघटन भएकाले उनको संसदीय सुनुवाइ नभई नियुक्तिको तयारी भएका बेला अदालतले अन्तिरिम आदेश जारी गरेको गरेको हो। कार्की एमालेका केन्द्रीय हुन्।

यसअघि २०७२ सालमा केपी ओली प्रधानमन्त्री भएको बेला कोरियाको लागि राजदूतमा सिफारिस भएका थिए । तर माओवादी र कांग्रेसको गठबन्धन सरकार बनेपछि उनको नियुक्ति भएको थिएन ।

Leave a Reply

ताजा समाचार

Test Post Created

४ घन्टा अघि

Test Post Created

४ घन्टा अघि

Test Post Created

५ घन्टा अघि

15 Knowledge That will Replace your Mental health

१० घन्टा अघि