डाक्टर गोविन्द केसी प्रहरी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डाक्टर गोविन्द केसी प्रहरी नियन्त्रणमा

काठमाडौं, १६ असार । निषेधित क्षेत्रमा अनशन तथा विरोध प्रदर्शन गरेको भन्दै प्रहरीले डाक्टर गोविन्द केसीलाई पक्राउ गरेको छ । चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डाक्टर केसी जुम्लाबाट पक्राउ परेका हुन् ।

चिकित्सा शिक्षा विधेयक सच्याउन माग गर्दै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अनसन बस्न जाँदै गरेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

निषेधित क्षेत्रमा अनशन बस्न लागेको भन्दै नियन्त्रणमा लिइएको जुम्ला प्रहरीले जनाएको छ । डाक्टर केसीले भने जुम्ला प्रहरी कार्यालयभित्रै अनसन बसेका छन् । डाक्टर केसीलाई प्रहरीले पक्राउ गरेपछि खलंगाका स्थानीय बासिन्दाले सडकमा उत्रिएर प्रशासनको विरोध गरेका छन् ।

प्रतिष्ठान, जिल्ला प्रशासन र प्रहरी कार्यालयको दुई सय मिटर वरपर अनसन, धर्ना र जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र तोकिएको थियो । डाक्टर केसीले निषेधित क्षेत्र अवज्ञा गरिने चेतावनी दिएका छन् । चिकित्सा क्षेत्रमा सुधार हुनुपर्ने माग गर्दै डाक्टर केसीले शनिबारदेखि जुम्लाबाट अनसन सुरु गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);