डाक्टर केसीले सुरुगरेको अनसनको आज २२ दिन पुरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

डाक्टर केसीले सुरुगरेको अनसनको आज २२ दिन पुरा

dr kc

काठमााडाैं, ५   साउन । चिकित्सा शिक्षा सुधारको माग गर्दै डाक्टर गोविन्द केसीले सुरुगरेको अनसनको आज २२ दिन पुरा भएको छ । सरकारले बल प्रयोग गरेर जुम्लाबाट त्रिवि शिक्षण अस्पताल ल्याउने बाहेक केसीको माग सम्बोधन गर्न कुनै चासो देखाएको छैन ।

सरकारले अध्यादेशबाट ल्याएको चिकित्सा शिक्षा कानुन विधेयक मार्फत उल्टाउन लागेपछि त्यसविद्ध अनसन सुरु गरेका डाक्टर केसीको अनसन २२ दिन पुगेको छ । तर, सरकारी पक्षले एकपटक समेत डाक्टर केसीसँग वार्ता गरेको छैन ।

सुरुमा डाक्टर केसीले सरकारी पक्ष वार्ताका लागि कर्णाली आउनुपर्छ भन्ने माग राखेकोमा सरकारले डाक्टरलाई बल प्रयोग गरेर काठमाडौं ल्याइसकेको छ । सरकारले काठमाडौं ल्याउनुका पछाडी डाक्टर केसीको विग्रदो स्वास्थ्यमा सुधार तथा वार्ता गर्ने वातावरण बनाउन त्यसो गर्नुपरेको जनाएको छ ।

तर काठमाडौं ल्याएपछि सरकारले वास्ता समेत गरेको छैन । काठमाडौं ल्याएपछि पनि डाक्टर केसीले समान्य स्लाइन लिने बाहेक औंषधि खान तथा आइसियु जान अश्वीकार गरेका छन् । सरकारले बल प्रयोग गरेर डाक्टर केसीलाई काठमाडौं ल्याएपनि माग पुरा गर्ने र स्वास्थ्य अवस्थामा सुधार ल्याउने विषयमा चाँसो नदिएको केसी निकट डाक्टहरुको गुनासो छ ।

डाक्टर केसीका निकट डाक्टरहरु सरकारले आफ्नो शक्ति प्रदर्शन गर्न बलपूर्वक काठमाडौं ल्याएपनि डाक्टर केसीलाई बचाउन संवेदनशील नदेखिएको टिपणी गर्छन् ।

सरकारकातर्फबाट मन्त्री तथा राज्यमन्त्रीहरु डाक्टर केसीलाई भेट्न समेत गएका छैनन् । डाक्टर केसीले उपचार अस्वीकार गरिरहँदा जुम्ला र काठमाडौंमा कुनै फरक अवस्था समेत छैन । तर पनि, नेपाल सरकारका मन्त्रीहरु डाक्टर केसीको स्वास्थ्य आफ्नो प्राथमिकता भएको बताइरहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);