कैलालीको गोदावरी क्षेत्रको जग्गा लिने प्रक्रिया शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कैलालीको गोदावरी क्षेत्रको जग्गा लिने प्रक्रिया शुरु

kailali

श्रवण देउवा
कैलाली, ३ माघ । सुदूरपश्चिम प्रदेश सरकारले स्थायी राजधानी तोकिएको कैलालीको गोदावरी क्षेत्रको जग्गा लिने प्रक्रिया शुरु गरेको छ  । प्रदेश सरकारले आफ्नो स्वामित्वमा ल्याउनका लागि प्रक्रिया अगाडी बढाईएको हो ।

गोदावरी क्षेत्रको जग्गा प्रदेश सरकार मातहत ल्याउने प्रक्रिया अगाडि बढाइएको प्रदेशका प्रमुख सचिव नारायण बिडारीले बताए। उनले प्रदेश सभाले तोकेको क्षेत्रफल कति छ भनेर नाप्ने प्राविधिक टोली खटिएको बताए ।

सुदूरपश्चिम प्रदेश सभाको गत असोज १२ गतेको बसेको बैठकमा दुईतिहाई बहुमतले प्रदेशको स्थायी राजधानी गोदावरी नगरपालिका–२ र ४ अन्तर्गत पर्ने गोदावरी जंगलमा राख्ने प्रस्ताव पारित गरेको थियो । सभाले गोदावरीको तेघरीस्थित नेपाली सेनाको ब्यारेकदेखि उत्तर–पश्चिम, गोदावरी–डडेल्धुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र अत्तरिया बजारदेखि उत्तरतिरको चारकिल्ला तोकेको छ । कांग्रेसका केही नेताले जंगलमा राजधानी राख्न नहुने भन्दै आन्दोलन संगै सर्वोच्च अदालतमा समेत मुद्धा परेपछि रोकिएको प्रक्रिया अहिले शुरु भएको हो । सूदुरपश्चिम प्रदेशका मुख्य न्यायाधीवक्ता कुलानन्द उपाध्यायले स्वामित्व हस्तान्तरण गर्ने विषयमा सर्वाेच्चको आदेशले कुनै बाधा नगरेकाले प्रक्रिया अगाडी बढाइएको बताए ।

प्रदेश सरकारले जग्गाको सम्पूर्ण प्रक्रिया सकिए लगतै संघीय सरकारलाई स्वामित्वको लागि आग्रह गरिने सुदुरपश्चिम प्रदेश सरकारले जनाएको छ । यसैसंगै, सूदुरपश्चिम प्रदेशको राजधानीका विषयमा पछिल्लो समयमा आएका सवै टिकाटिप्पणी पनि अन्त्य हुने प्रदेश सरकारको भनाई छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);