वन मासेर प्रदेश राजधानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

वन मासेर प्रदेश राजधानी

ban

काठमाडौं, ११ असोज । कैलालीका वनभित्र ६ वटा राष्ट्रिय आयोजना सञ्चालन भएकामा प्रदेश ७ को राजधानी पनि प्रस्ताव गरिएको छ । कैलालीको गोदावरीस्थित वन क्षेत्रमा राजधानी राख्ने प्रस्ताव गरिएको छ ।

जंगल क्षेत्रमा राजधानी राख्ने प्रस्ताव गरिएसँगै विरोधका स्वरहरु बाहिर आउन थालेका छन् । जंगल क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धताविरुद्ध हुने भन्दै कांग्रेसले प्रदेश ७ को राजधानी कैलालीको गोदावरीमा राख्ने प्रस्तावको विरोध गरेको छ । उसले प्रस्तावको विरोधमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेको छ ।

प्रदेश ७ को स्थायी राजधानीसमेत कैलालीको गोदावरीस्थित वन क्षेत्रमा राख्ने प्रस्तावले संघीय वन तथा वातावरण मन्त्रालय, वन तथा भूसंरक्षण विभाग एवं वनविज्ञहरूको ध्यान खिचेको छ । प्रदेश ७ को नामांकन र स्थायी राजधानी निर्धारण गर्न गठित विशेष सुझाव समितिले गोदावरी नगरपालिका–४ को वन क्षेत्रमा राजधानी राख्न उपयुक्त हुने ठहर गरेको छ ।

प्रदेश सांसद तारा लामा तामाङ नेतृत्वको समितिले सरोकारवाला पक्षसँग परामर्श र रायसुझावका आधारमा गोदावरीलाई स्थायी राजधानी प्रस्ताव गरेको छ । प्रस्तावित क्षेत्र अत्तरिया–डडेलधुरा सडकखण्डदेखि पश्चिम, तेघरीस्थित सेनाको ब्यारेकको उत्तर पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिण छ । स्थायी राजधानीका लागि पर्याप्त सार्वजनिक जग्गा भएकाले समितिले यसैलाई चार किल्ला तोकेर प्रतिवेदन तयार गरेको हो ।

प्रदेशसभा बैठकमा राजधानी कैलालीको गोदावरी नगरपालिका ४ मा रहने प्रस्तावमाथि छलफल चलिरहेका बेला प्रदेशसभा प्रवेशद्वार अगाडि राजधानी धनगढी नै कायम हुनुपर्ने माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । विरोध प्रदर्शन स्वस्फूर्त भने पनि प्रदर्शनमा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर बडलगायत कांग्रेस कार्यकर्ता सहभागी थिए । खबर आजको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);