प्रदेश ७ को राजधानी गोदावरी प्रस्ताव भएसँगै धनगढीमा आमहड्ताल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रदेश ७ को राजधानी गोदावरी प्रस्ताव भएसँगै धनगढीमा आमहड्ताल

dhangadi aamhadtal

काठमाडौं, ११ असोज । प्रदेश ७ को राजधानी कैलालीको गोदावरी प्रस्ताव गरिएको विरोधमा धनगढीबासीले आमहडताल गरेका छन् ।

धनगढी नगरबासीले बिहीबार एक दिनका लागि आम हडताल आह्वान गरेका हुन् । चाडबाड आएको समयमा गरिएको आम हडतालले सर्वसाधारण मर्कामा परेका छन् । बजार, यातायात, उद्योग कलकारखाना, शिक्षण संस्था सबै ठप्प छन् । सरकारले कैलाली सदरमुकाम धनगढीलाई अस्थायी राजधानी तोकेको छ ।

प्रदेश सभाले प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन समिति गठन गरेको थियो । सो समितिले प्रदेशको नाम सुदूरपश्चिम र स्थायी राजधानी गोदावरी नगरपालिका वडानम्बर ४ मा राख्न सुझाव दिएको छ ।

सो सुझावबारे प्रदेशसभामा छलफल जारी छ । प्रदेशसभाले निर्णय लिनुभन्दा अघि धनगढीबासी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बुधबार प्रदेश सभा अगाडि टायर बालेर प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनमा धनगढी नगरपालिकाका मेयर एवम् कांग्रेस नेता नृप वड पनि सहभागी भएका थिए ।

धनगढी नगरबासीको तर्फबाट जारी गरिएको विज्ञप्तिमा ‘वन माफिया र भूमाफियाको प्रभावमा परी दुई तिहाइको दम्भबाट ग्रसित’ सुझाव संकलन समितिको प्रस्ताव तत्काल फिर्ता लिन प्रदेशसभालाई आग्रह गरिएको छ । कुनै पनि पूर्वाधार नभएको गोदावरीमा स्थायी राजधानी राख्नुभन्दा हालकै अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी बनाउनुपर्ने धनगढीबासीको माग छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);