कांग्रेस, फोरम र राजपाबीच तालमेल, विवेकशील र नयाँ शक्तिको मत कसलाई ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कांग्रेस, फोरम र राजपाबीच तालमेल, विवेकशील र नयाँ शक्तिको मत कसलाई ?

sava nirbachan

काठमाडौं, ११ माघ । राष्ट्रियसभा चुनावमा कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच गठबन्धन भएको छ।तीन दलबीच राष्ट्रियसभामा चुनावी एकता गर्ने सर्तमै सरकारले फोरमका रत्नेश्वरलाल कायस्थलाई प्रदेश २ र उमाकान्त झालाई प्रदेश ५ को प्रमुखमा नियुक्त गरेको थियो।

प्रदेश २ मा कांग्रेस, राजपा र संघीय फोरमले चुनावमा दुई दुई जना उम्मेदवार भागबन्डा गरी उम्मेदवारी दिने सहमति गरेका छन्। अन्य प्रदेशमा पनि फोरम र राजापले कांग्रेसी उम्मेदवारलाई मत दिने सहमति भएको जानकारी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिए।कांग्रेसले सोही सहमतिअनुसार प्रदेश २ मा जितेन्द्रनारायण देव खुला र मुक्ताकुमारी यादव महिलालाई उम्मेदवारी बनाएको छ।

प्रदेश ३ मा कांग्रेस उम्मेदवार राधेश्यम अधिकारीलाई नयाँ शक्ति र विवेकशील साझा पार्टीले पनि सघाउनेछन्।वाम गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रले गठबन्धनकै आधारमा उम्मेदवारी दिएका छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);