बारा र पर्सामा २०७० र ०७४ का कट्टर प्रतिस्पर्धीहरू अहिलेका सहयात्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

बारा र पर्सामा २०७० र ०७४ का कट्टर प्रतिस्पर्धीहरू अहिलेका सहयात्री

श्याम गुप्ता बारा । गत २०७० र ०७४ सालको निर्वाचनमा एमाले नेता विचारी यादव र जनता समाजवादी पार्टीका नेता प्रदिप यादव बिच कडा ठक्कर थियो । एक–अर्का लक्षित त चर्को भाषणका कारण दुई बिच मनमुटाव पनि चर्कै थिए । तर, यस पटकको निर्वाचन सम्म आइ पुग्दा भने दुई बिचको तिक्ततामा राँटा बसेको छ । दुई एक–अर्काका कट्टर सहयात्री बन्न पुगेका हुँन् ।

एमाले र जसपा बिच भएको चुनावी तालमेलले दुई धारका अलग यात्रीलाई एकै ठाउँ ल्याउँन सकेको हो । २०७० को संविधानसभा निर्वाचनमा विचारी पर्सा क्षेत्र नम्बर २ बाट एमाले तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार थिए । ठिक सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए, जसपा (तत्कालीन संघीय समाजवादी फोरम) नेता प्रदिप । विचारीले आठ हजार सात सय १४ मत ल्याए र निर्वाचन जितेका थिए । तर, ०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने जनमत उनको पक्षमा रहेन । पर्सा क्षेत्र नम्बर १ बाट चुनावमा उठेका उनी प्रदिपसँगै हारेका थिए । अहिले भने उनीहरूलाई परिस्थितिले एकै ठाउँ उभ्याइ दिएको छ ।

निर्वाचनमा विचारी पर्सा १ (क) बाट प्रदेश सभा सदस्यमा उठेका छन्, भने प्रदिप पर्सा १ बाटै प्रतिनिधिसभाका लागि चुनावी मैदानमा उत्रिएका छन् । विचारी भन्छन्, ‘हामी दुबै अनुभवी नेता हौं । अहिले एकै ठाउँमा छौं । मैंले मेरो प्रतिस्पर्धी नैं देखेको छैन । प्रदिपको अवस्था पनि त्यस्तै छ । त्यसो हुँदा यस पटक दुबै जना जित्ने अवस्था छौं ।’ उनले भने । प्रतिनिधिसभा उम्मेदवार प्रदिपको मत पनि उनको भन्दा फरक छैन । पर्सा १ मा यस पटक आफ्नों प्रतिस्पर्धी नैं नरहेको उनी ठान्छन् । उनी भन्छन्, ‘मेरो प्रतिस्पर्धी अहिले कोही छैन । जिल्लाका विचारी र मँ अनुभवी नेता हौं ।

हामी दुबै एकै डुङ्गाका यात्री भएको हुँदा यस पटक दुबैले चुनाव जित्नेमा विश्वस्त छु ।’ ०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रदिपले ६ हजार सात सय ११ मत ल्याएका थिए । तर, ०७४ को निर्वाचनमा उनले २१ हजार एक सय ३२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार अनिल रुँगटाले १६ हजार चार सय ८१ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार विचारीले भने पाँच हजार चार सय ८१ मात्रै मत प्राप्त गरेका थिए । त्यस्तै पर्सा १ मा झैं बारा ४ मा पनि विगत निर्वाचनका कडा प्रतिस्पर्धी एमाले उम्मेदवार देवनारायण चौधरी र एकवाल मियाँ एकै डुङ्गाका दुई सहयात्री बन्न पुगेका छन् । तर, प्रसंग भने अलि भिन्न छ । पार्सा १ मा एमालेका विचारी र जसपा नेता प्रदिप चुनावी तालमेलका कारण एकै ठाउँमा उभिएका छन् । तर, बारा ४ मा भने पार्टी प्रवेश पछि सहयात्री बन्न पुगेका हुँन् ।

०७४ को निर्वाचनमा बारा ४ बाट तत्कालीन राजपाबाट एकबाल प्रतिनिधिसभामा उम्मेदवार बनेका थिए । एमालेबाट सोही क्षेत्रबाट उम्मेदवार बनेका देवनारायणलाई उनले २२ हजार दुई सय ७५ मत ल्याएर प्रतिस्पर्धामा हराए । गत २२ मा उनले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी छाडेर एमालेमा प्रवेश गरेका हुँन् । उनी अहिले बारा ४ बाटै प्रतिनिधिसभाका लागि उम्मेदवार छन् ।

विगत निर्वाचनका उनका निकटतम प्रतिस्पर्धी देवनारायण भने बारा ४ (क) बाट प्रदेश सभाका लागि चुनावमा उठेका छन् । एकवाल भन्छन्, ‘राजनीतिमा स्थायी शत्रु र मित्र कोही हुँदैन । सबै परिस्थितिका उपज हुँन् । त्यसो हुँदा राजनीतिमा कुँनै पनि विषय सम्भव रहँन्छ । अहिले हामी निर्वाचनमा होमिएका छौं ।’ दलका नेताले नैं एमाले प्रवेश गराएर उम्मेदवार बनाएकाले विगतका प्रतिस्पर्धी उम्मेदवार सहयात्री बन्न पुगेका उनको भनाइ छ । देवनारायण चाैधरीलाई यस पटक पनि पार्टीले बारा ४ बाट प्रतिनिधिसभा सदस्यमा एकल उम्मेदवारका रूपमा सिफारिस गरेको थियो । तर, एकवालको पार्टी प्रवेश पछि उनी बारा ४ (क) बाट उम्मेदवार बन्न पुगे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);