बारा १ मा एमाले-जसपा गठबन्धनका उम्मेदवार घरदैलाेमा | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

बारा १ मा एमाले-जसपा गठबन्धनका उम्मेदवार घरदैलाेमा

बारा। बारा १ मा प्रतिनिधिसभा सदस्यका एमाले उम्मेदवार अच्युत मैनाली र (ख) का जसपा उम्मेदवार सरोज यादवले घरदैलाे कार्यक्रमलाई निरन्तरता दिएका छन् । बुधवार दुवैजना सिम्रौनगढ नगरपालिकामा मतदातासमक्ष पुगेका थिए । उम्मेदवार मैनाली र यादवले सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ६ र ७ को जानकीनगर झमानी, कवलपुर, पर्सा, सतुवाही, अम्मरपुर, सल्यमपुर र सिम्रौनगढ बजारमा मतदाता भेटघाट गरेका थिए । उम्मेदवार मैनालीले आफू निर्वाचित बनेपछि क्षेत्रको विकासमा नमुना काम गरेर देखाउने दाबी गरे । उनले अघिल्लो कार्यकालको लागि यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले क्षेत्रको विकासमा कुनै पनि काम नगरेको आराेप लगाए । ‘सिम्रौनगढ क्षेत्रलाई १७ वर्षसम्म विकासमा पछि पारियो,’ मैनालीले भने, ‘अब हामी निर्वाचित बनेपछि उनीहर” नै लज्जित हुने गरी काम गर्नेछौं ।’ निर्वाचनमा एमाले र जसपाबीच तालमेल भएकाे छ । प्रदेश (क) भन्दा तुलनात्मक रूपमा केही कमजोर मानिएको एमाले जसपासँगको चुनावी तालमेलपछि बलियाे देखिएको छ । याे क्षेत्रमा सिम्रौनगढ नगरपालिका र आदर्शकोतवाल गाउँपालिका पर्छन् । दुबै पालिका जसपाका उम्मेदवार यादवको प्रभाव क्षेत्र मानिन्छ ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उमाकान्त चौधरीसँग करिब पाँच हजार मतले पराजित एमाले उम्मेदवार मैनालीले जसपासँगको तालमेलपछि आफूले चुनाव जित्ने दाबी गरे । तीनपटकसम्म चुनाव जितेर संघीय सरकारको पटकपटक मन्त्रीसमेत बनेका चौधरीले क्षेत्रको विकासमा खासै काम गर्न नसकेको मतदाताले गुनासाे गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);