पाँच वर्षपछि बारा १ मा एमालेकाे 'कमब्याक' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पाँच वर्षपछि बारा १ मा एमालेकाे ‘कमब्याक’

बारा। बारा १ बाट प्रतिनिसिसभा सदस्यमा एमालेका उम्मेदवार अच्युतप्रसाद मैनाली निर्वाचित भएका छिन् । एमाले पोलिटव्युरो सदस्यसमेत रहेका मैनाली नाै हजार १३९ मतको फराकिलो मतान्तरले निर्वाचित भएका हुन् । मैनालीले ३९ हजार १९५ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री तथा  बहालवाला खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त गरेका छन् ।मैनालीले गणनाको सुरुवातदेखि अग्रता लिएका थिए । मैनाली र चौधरीबीचको प्रतिस्पर्धा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएकाे थियाे । तर एमालेले राम्राे कमब्याक गर्‍याे । चौधरी नेपाल सरकारका खानेपानीमन्त्री र नेपाल कांग्रेसका सहमहामन्त्री हुन् ।

मैनाली एमालेको पोलिटव्युरो सदस्य एवं मधेस प्रदेश इन्चार्ज हुन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा मैनाली जनसम्पर्क सल्लाहकार थिए। ठूला पार्टीका यी दुई प्रभावशाली नेता २०७४ सालमा बारा १ बाट एकअर्काका प्रतिस्पर्धी थिए । उक्त निर्वाचनमा कांग्रेसका चौधरी दुई हजार ४२० मतले विजयी भएका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);