बारा १ मा कांग्रेसका चौधरीभन्दा एमालेका मैनाली तीन हजारभन्दा बढी मतले अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बारा १ मा कांग्रेसका चौधरीभन्दा एमालेका मैनाली तीन हजारभन्दा बढी मतले अगाडि

बारा। बारा १ मा एमाले उम्मेदवार अच्युत मैनाली फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीको भन्दा तीन हजार पाँच सय ७० मत बढी ल्याउँदै मैनालीले अग्रता कायम राखेका हुन् ।  याे क्षेत्रमा ३८ हजार पाँच सय ५३ मत गणना हुँदा मैनालीले १८ हजार चार सय र चौधरीले १४ हजार आठ सय ३० मत पाएका छन् । एक हजार चार सय एक मत बदर भएको छ।  मैनाली र चौधरीबीचको प्रतिस्पर्धा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएपनि मैनालीले फराकिलो अग्रता बनाएका हुन् । चौधरी नेपाल सरकारका खानेपानीमन्त्री र कांग्रेसका सहमहामन्त्री हुन् ।

मैनाली एमालेको पोलिटव्युरो सदस्य एवं मधेस प्रदेश इन्चार्ज हुन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा मैनाली जनसम्पर्क सल्लाहकार थिए । ठूला पार्टीका यी दुई प्रभावशाली नेता २०७४ सालमा बारा १ बाट एकअर्काका प्रतिस्पर्धी थिए । निर्वाचनमा कांग्रेसका चौधरीले दुई हजार चार सय २० मतले विजयी भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);