सिन्धुपाल्चोकबाट प्रतिनिधिमा जाने सापकोटा र बस्नेत को हुन् ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिन्धुपाल्चोकबाट प्रतिनिधिमा जाने सापकोटा र बस्नेत को हुन् ?

सिन्धुपाल्चोक। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिन्धुपाल्चोक गठबन्धनमय बन्यो । क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका माधव सापकोटा सुबोध र क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत प्रतिनिधिसभा सदस्यमा विजयी भए ।  प्रदेशसभा क्षेत्र ‘क’ मा नेपाली कांग्रेसकी मसिना खड्का भण्डारी, क्षेत्र नम्बर २ ‘ख’ मा माओवादी केन्द्रका सरल सहयात्री पौडेल र क्षेत्र ‘क’ मा माओवादी केन्द्रका युवराज दुलाल र ‘ख’ मा कृष्णकुमार तामाङ प्रदेशमा विजयी भएका छन् । माओवादीका पोलिटव्युरो सदस्य माधव सापकोटा प्रतिनिधिसभा सदस्यमा विजयी भए । सापकोटा १३ वर्षकै उमेरमा २०५१ सालमा अखिल (क्रान्तिकारी) बाल इकाइ समितिमा संगठित भएका थिए । २०५३ सालमा विद्यालय इकाइ समिति अध्यक्ष भए । २०५४ सालमा क्षेत्रीय समिति सदस्य हुँदै २०५५ सालमा जिल्ला समिति सदस्य, २०५६ साल साउनदेखि जिल्ला उपाध्यक्ष भए । २०५६ पुसदेखि २०५८ सम्म अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला समिति अध्यक्षको भूमिकामा रहे । २०५७ सालमा तत्कालीन पूर्वी पहाड क्षेत्रीय समन्वय समिति संयोजक रहेका सापकोटा २०५८ असोजमा संगठनको केन्द्रीय समिति सदस्य बनेका थिए । २०५५ सालमा सेल सेक्रेटरी र पूर्णकालीन कार्यकताको रूपमा सक्रिय उनी २०५६ माघदेखि पूर्णरूपमा भूमिगत भएर माओवादी आन्दोलनमा सक्रिय भूमिकामा रहे । २०७१ असार ११ गते सिन्धुपाल्चोक जिल्ला पार्टी अध्यक्ष भएका सापकोटा २०७३ सालमा पार्टी केन्द्रीय समिति सदस्य भए । २०७९ वैशाखदेखि सिन्धुपाल्चोक जिल्ला पार्टी इञ्चार्ज र २०७९ असारदेखि पार्टी पोलिटब्युरो सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इञ्चार्जको रूपमा कार्यरत छन् । निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाले युवा पुस्तालाई मौका प्रदान गरेपछि पार्टीले उनलाई उम्मेदवार बनाएको थियो । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक २ मा पहिलोपटक नेपाली कांग्रेसलाई विजयी गराउने व्यक्ति भएका छन् । उनले सिन्धुपाल्चोक कांग्रेसमा नयाँ इतिहास नै रचे । विसं २०५६ को आमनिर्वाचन र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक १ बाट निर्वाचित भएका कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका बस्नेतलाई यसपटक गठबन्धनका कारण पार्टीले २ नम्बर क्षेत्रबाट टिकट दिएयो । यो क्षेत्रमा उनी भारी मतले विजयी भए । बस्नेत विसं २०३४ देखि राजनीतिमा सक्रिय छन् ।

बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । विसं २०५६ को निर्वाचनपछि स्वास्थ्य राज्यमन्त्रीका रूपमा काम गर्दा जिल्लालगायत देशभर स्वास्थ्य पूर्वाधार निर्माणमा उनले महत्वपूर्ण काम गरेका छन् । विसं २०७० को दोस्रो संविधानसभामा निर्वाचित भएपछि २०७४ को निर्वाचन गराउने चुनावी सरकारकालमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कार्यभार सम्हालेका थिए । लामो समय संसद्को सार्वजनिक लेखा समिति र राजनैतिक तथा संवैधानिक संवाद समितिमा पनि बसेर काम गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);