लमजुङमा देव गुरुङ भर्सेस पृथ्वीसुब्बा, कसले मार्ला बाजी ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लमजुङमा देव गुरुङ भर्सेस पृथ्वीसुब्बा, कसले मार्ला बाजी ?

लमजुङ। लमजुङमा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ संसद् छिर्ने लक्ष्यसहित त्यही क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन् ।  २०७४ सालमा लमजुङ प्रदेशसभा ‘ख’बाट लडेका पृथ्वीसुब्बा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री हुन् । उनी फेरि प्रदेशमै लड्न चाहन्थे । तर, अध्यक्ष केपी ओलीले उनलाई प्रतिनिधिसभाको टिकट थमाए ।  २०४८ सालयता देव चौथोपटक संसदीय चुनाव लड्न लागेका हुन् । २०४८ सालमा उनी संयुुक्त जनमोर्चाबाट लमजुङ १ मा उम्मेदवार थिए । २०६४ सालको चुनावमा मनाङ र कास्की १ दुवै क्षेत्रबाट जितेका थिए । उनले त्यतिबेला मनाङ रोजे र कास्कीमा उपनिर्वाचन भयो । त्यसपछि देव २०७४ सालमा एमाले माओवादी वाम गठबन्धनबाट लमजुङबाट प्रतिनिधिसभा सदस्य विजयी भए । अघिल्लोपटक देव गठबन्धनबाट संघमा लड्दा प्रदेश सभा लडेका पृथ्वीसुब्बा यसपटक उनैसँगै प्रतिस्पर्धामा छन् ।

पृथ्वीसुब्बा सातौँपटक संसदीय चुनाव लड्न लागेका हुन् । यसअघि ६ पटक चुनाव लड्दा उनले दुईपटक मात्र जितेका छन् । २०४८, २०५१, २०५६ सालको चुनाव हारेका पृथ्वीसुब्बा २०६४ सालमा पहिलो संविधानसभा सदस्य चुनावमा विजयी भएका थिए । २०७० सालको संविधानसभा सदस्य चुनावमा भने पराजित भए । २०७४ सालको चुनावमा प्रदेश सांसद विजयी भएर उनी गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बनेका थिए । अहिले गठबन्धनको साथ पाएका देव र एमालेबाट उम्मेदवार बनेका पृथ्वीसुब्बाबीच कसले बाजी मार्छ भन्न सक्ने अवस्था छैन ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);