देव गुरुङले पृथ्वीसुब्बालाई बधाई दिँदै भने- वाम एकताको पहल गरौँ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

देव गुरुङले पृथ्वीसुब्बालाई बधाई दिँदै भने- वाम एकताको पहल गरौँ

लमजुङ। गएको स्थानीय निर्वाचनअघि नै माओवादी केन्द्रका महासचिव देव गुरूङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ वाम गठबन्धन हुनुपर्ने अभिव्यक्ति दिइरहन्थे । तर, दुवै पार्टीका नेतृत्वले उनीहरूको प्रयासलाई इन्कार गर्‍याे। २०७४ को स्थानीय तह चुनावमा देशभर कांग्रेस-माओवादी तालमेल भइरहँदा लमजुङमा ‘वाम गठबन्धन’को सुरुवात भएको थियो । पछि केन्द्रीयस्तरमै पार्टी एकीकरण गर्नेगरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशभर तालमेल भयो। ०७४ मा देव गुरुङ एमालेको सहयोगमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । यसपटक पनि निर्वाचनअघि पृथ्वीसुब्बा र देवबीच गठबन्धन गर्ने विषयमा छलफल भएको थियो ।`चुनावअघि पनि गठबन्धनका विषयमा उहाँ र मेरो कुराकानी त भयो। तर सार्थकता पाएन´, एमाले उपमहासचिव गुरूङले भने।

२०७४ मा देव गुरुङको सहयोगी बनेका पृथ्वीसुब्बा गुरुङले अहिले उनैलाई हराउँदै पाँच वर्षका लागि संसदको यात्रा तय गरे। देवले पृथ्वीसुब्बालाई बधाई दिँदै वाम एकताकाे प्रयास गर्न प्रस्ताव गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);