मतदाता शिक्षा अभावको नतिजा : डोटीमा साढे आठ हजारभन्दा बढी मत बदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मतदाता शिक्षा अभावको नतिजा : डोटीमा साढे आठ हजारभन्दा बढी मत बदर

काठमाडौं। मतदाता शिक्षा अभावका कारण डोटीमा साढे आठ हजारभन्दा बढी मत बदर भएकाे छ। मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन नहुँदा डोटीमा भारी  मात्रामा मत बदर हुन पुगेको हो । प्रतिनिधिसभातर्फ ६३ हजार ५५२ मत खसेकोमा ४ हजार ९६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रतिनिधिसभातर्फ ६३ हजार ५५२ मत खसेको थियो । जसमध्ये आठ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ।

यस्तै प्रदेश सभा (क) तर्फ खसेको ३३ हजार ३२२ मतमध्ये १,९१९ मत बदर भएको छ। प्रदेशसभा (ख) मा खसेको ३० हजार २३४ मतमध्ये १७३२ मत बदर भएको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ। यसपटकको निर्वाचनमा मतदाता शिक्षाको खासै पहुँच पुग्न नसक्दा धेरैजसो जिल्लामा बदर मतको संख्या उल्लेख्य देखिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);