खोटाङमा प्रत्यक्षतर्फ पाँच हजार बढी मत बदर | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

खोटाङमा प्रत्यक्षतर्फ पाँच हजार बढी मत बदर

खोटाङ। खोटाङमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा खसेकामध्ये पाँच हजार ६३९ मत बदर भएको छ। कुल एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ खसेको ६७ हजार ४०८ मतमध्ये दुई हजार ९८६ मत बदर भएको छ। यस्तै, ७४ हजार ६३९ मतदाता रहेको प्रदेश (क)मा ३३ हजार ९४४ मत खस्दा एक हजार ५५४ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ। प्रदेशसभा (ख)मा एक हजार ९९ मत बदर भएको छ । ६८ हजार १५३ मतदाता रहेको प्रदेशसभा (ख)मा ३३ हजार ४०९ मत खसेको थियो। समानुपातिकतर्फ खसेको मत पनि बदर भएको छ। पछिल्लो परिणामअनुसार समानुपातिकतर्फ दुई हजार दुई मत बदर भएको छ । विभिन्न दलबीचमा भएको चुनावी तालमेल तथा मतदाता शिक्षा प्रभावकारी नहुँदाको परिणाम अधिक मत बदर भएको अनुमान गरिएको छ । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमार्फत महिला स्वास्थ्य स्वयंसेविका प्रयोग गरेर मतदाता शिक्षा सञ्चालन गरेपछि बदरको दर अधिक देखिएको हो । मतदाता शिक्षाअन्तर्गत जिल्ला निर्वाचन कार्यालयले पनि स्थानीय तहमा पुगेर नमुना मतदान गरेको थियो । तर अपेक्षा गरेअनुसार मत बदर दर घटेको देखिएन ।  प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका रामकुमार राई ३१ हजार ३५१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विशाल भट्टराईले २८ हजार ६८२ मत पाएका छन् ।

प्रदेश (क)मा एमाले उम्मेदवार पाँचकर्ण राई १३ हजार १५७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका वीरबलकाजी राईले ११ हजार ९६५ मत ल्याएका छन् । प्रदेशसभा (ख)मा कांग्रेसका उम्मेदवार भूपेन्द्र राई १६ हजार ४९६ पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामप्रसाद दंगालले १४ हजार ३५६ मत पाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);