धनकुटामा मतदाता शिक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

धनकुटामा मतदाता शिक्षा

भीम मल्ल १४ बैशाख, धनकुटा ।
गएको संबिधान सभाको निर्बाचनमा धनकुटामा कुल मतदाताको ७६ प्रतिसत मात्र मत खसेको थियो । जसमध्ये पनि ५ प्रतिसत भन्दा बढि मत बदर भएको थियो । सोहि तथ्याङ्गलाई मध्य नजर गदै यो निर्बाचनमा बढि भन्दा बढि मतदाता सहभागि गराउनु तथा मत वदर हुन नदिनु निर्बाचन कार्यलयले मुख्य लक्ष्य लिई आफ्नो कार्य अगाडि

धनकुटामा मतदाता शिक्षा

भीम मल्ल १४ बैशाख, धनकुटा । गएको संबिधान सभाको निर्बाचनमा धनकुटामा कुल मतदाताको ७६ प्रतिसत मात्र मत खसेको थियो । जसमध्ये पनि ५ प्रतिसत भन्दा बढि मत बदर भएको थियो । सोहि तथ्याङ्गलाई मध्य नजर गदै यो निर्बाचनमा बढि भन्दा बढि मतदाता सहभागि गराउनु तथा मत वदर हुन नदिनु निर्बाचन कार्यलयले मुख्य लक्ष्य लिई आफ्नो कार्य अगाडि बढाएको छ । २०७० सालको संबिधान सभाको निर्बाचनमा धनकुटामा रहेको कुल ८२ हजार ६ सय ३२ मतदाता मध्ये ७६ प्रतिसत मात्र मत खस्दा ५ प्रतिसत भन्दा बढि मत बदर भएको थियो । फरक फरक मत पत्र वाट एक ब्याक्ति र एक पाटि छान्दा ५ प्रतिसत भन्दा बढि मत बदर हुनु र २४ प्रतिसत मतनै नखस्नुलाई निर्बाचन कार्यलयले यो चुनावमा प्रथमिकतामा राखेर कार्य अगाडी बढाएको छ ।

 

७० सालमा नखसेकेको मतलाई पनि यो निर्बाचनमा खसाल्नु र बदर मत को प्रतिसत अझ कम गर्नुनै मुख्य लक्ष्य रहेको निर्वाचन कार्यलय धनकुटाका प्रमुख प्रदिप कुमार साहले जानकारी दिनुभयो । अघिल्लो संबिधान सभाको निर्वाचनमा फरक फरक मत पत्र वाट एक ब्याक्ति र एक पाटि छान्न पाईने भएपनि यो निर्बाचनमा भने एक मत पत्रवाट जिल्लामा अस्तीत्वमा रहेका १६ राजनैतिक दल र स्वतन्त्रका गरी दर्जनौ प्रतिनिधि मध्येवाट सात प्रतिनिधि मात्र छान्नु पर्ने छ । जसले गर्दा पनि मतदाता प्रतिनिधि छान्न धेरै समस्या पर्ने स्थानिय रिता राई बताउनु हुन्छ । सोहि लक्ष्य अनुरुप कार्यलयले मतदाता शिक्षा स्वयमसेवक खटाई मतदाता शिक्षाको कार्यक्रम समेत सुरु गरेको छ ।

 

आफहरुले निर्वाचनको बारेमा जानकारी दिने, दतिल महिलाको कोटा, त्यसमा लाग्ने दस्तुर, भोट दिने प्रक्रिया लगायतको बारेमा शिक्षा दिईरहेको मतदाता शिक्षा स्वयमसेवक रेनु पौडेल वताउनु हुन्छ । यता मतदाता शिक्षा पाएका सर्बसाधारण पनि सो शिक्षाले आफुले नबुझेको कुरो बुझुनलाई धरै सहयोग पुग्ने बताउछन् । धनकुटामा हाल रहेको कल ९५ हजार ३ सय ६७मतदातालाई मतदाता शिक्षा दिनका लागि १३० स्वयमसेवक परिचालन गरिएको छ । प्रति एक हजार मतदातालाई एक स्वयमसेवक पर्ने गरी खटिएका स्वयमसेवकले एक महिनाको अबधिमा मतदाता शिक्षा दिईसक्नु पर्ने छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);