नेकपा एमाले रुकुमले सबै तहको उम्मेदवार टुंगो लगायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपा एमाले रुकुमले सबै तहको उम्मेदवार टुंगो लगायो

मेगराज खड्का १३ बैशाख,रुकुम ।
स्थानीय तह निर्बाचनका लागि रुकुम राजनैतिक दलहरुले पनि उम्मेदवारहरु घोषणा गर्ने क्रम जारी रहेको छ । नेकपा माओबादी केन्द्र रुकुमले यसअघि नै आफ्ना सबै स्थानीय तहका उम्मेदवारहरुको टुंगो लगाएको छ भने नेकपा एमाले रुकुमले सबै गाउँ तथा नगरपालिकाहरुको प्रमुख र उपप्रमुखहरुको उम्मेदवार टुंगो लगाएको जानकारी

नेकपा एमाले रुकुमले सबै तहको उम्मेदवार टुंगो लगायो

मेगराज खड्का १३ बैशाख,रुकुम । स्थानीय तह निर्बाचनका लागि रुकुम राजनैतिक दलहरुले पनि उम्मेदवारहरु घोषणा गर्ने क्रम जारी रहेको छ । नेकपा माओबादी केन्द्र रुकुमले यसअघि नै आफ्ना सबै स्थानीय तहका उम्मेदवारहरुको टुंगो लगाएको छ भने नेकपा एमाले रुकुमले सबै गाउँ तथा नगरपालिकाहरुको प्रमुख र उपप्रमुखहरुको उम्मेदवार टुंगो लगाएको जानकारी दिएको छ । रुकुममा माओबादी केन्द्र र एमालेले आफ्ना उम्मेदवारहरुको टुंगो लगाएको भएपनि नेपाली काग्रेसले भने लामो गृहकार्य गर्दा पनि उम्मेदवारहरु टुंगो लगाउन सकेको छैन । उम्मेदवारका आकांक्षीहरु धेरै भएपछि काग्रेसलाई टुंगो लगाउनमा गाह्रो भएको हो ।

 

केहि दिनमा उम्मेदवारहरुको टुंगो लगाउने नेपाली काग्रेसले जानकारी दिएको छ । नेकपा एमालेले मुसिकोट नगरपालिका मेयरमा विमल कुमार पुन र उपमेयरमा केशरी गौतम चौरजहारी नगरपालिका मेयरमा शेर बहादुर केसी र उपमेयरमा कल्याणी खड्का, आठविसकोट नगरपालिका मेयरमा हरि प्रसाद शर्मा र उपमेयरमा भगवती शाही, सानोभेरी गाउपालिका प्रमुखमा मनविर घर्ती र उपप्रमुखमा लक्ष्मी केसी, त्रिवेणी गाउपालिका प्रमुखमा गणेश खड्का र उपप्रमुखमा कल्पना ओली, बाफिकोट गाउपालिका प्रमुखमा बिद्यापति रिजाल र उपप्रमुखमा ब्युझना पुनलाई उम्मेदवार बनाएको छ ।

 

त्यस्तै सिस्ने गाउपालिका प्रमुखमा नन्दलाल शर्मा र उपप्रमुखमा नुमिन्द्रा खड्का, भुमे गााउ पालिका प्रमुखमा आशा स्वर्णकार र उपप्रमुखमा कमानसिं डागी, पुथा गाउपालिका प्रमुखमा भीउमान घर्ती र उपप्रमुख सिता घतानीलाई उम्मेदवारको टुंगो लगाएको हो । रुकुममा १३ वटा राजनैतिक दलहरुमा निर्बाचन कार्यालयमा दर्ता भएपनि अन्य कुनैपनि दलहरुले आफ्ना उम्मेदवार घोषणा गरेका छैनन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);