प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, सहमति नबने स्थानीय चुनाव गर्न समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, सहमति नबने स्थानीय चुनाव गर्न समस्या

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको बैठक आह्वान, संविधान संशोधन र स्थानीय चुनावबारे छलफल हुने

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । 

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई बैठकमा आमन्त्रण गरिएको जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएको अवस्थामा सबै राजनीतिक दलको विश्वास लिन र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्व सबै दलको हो भन्ने आत्मबोध गराउन नै प्रधानमन्त्रीले छलफल आयोजना गर्नुभएको आचार्यले जानकारी दिनुभयो ।

संविधान संशोधन प्रस्ताव द्रुतमार्गबाट अगाडि बढाएर मुलुकभर नै स्थानीय तहको निर्वाचन गर्ने लक्ष्यलाई प्रधानमन्त्रीले प्रमुख प्राथमिकतामा राख्नु भए अनुसार नै छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।

बैठकमा सत्तारुढ दलहरु नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले), राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाललगायत संसदमा प्रतिनिधित्व गर्ने सबै दलललाई आमन्त्रण गरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);