भारतको बिहारमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

भारतको बिहारमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना सुरु


एजेन्सी, २५ कार्तिक । भारतको बिहारमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ । कोरोना महामारीका बीच तीन चरणमा सम्पन्न मतगणना आज बिहानदेखि सुरु भएको हो ।

बिहारको निर्वाचन आयोगकाअनुसार करिब ५८ प्रतशित मत खसेको छ जुन २०१५ मा भएको मतदानभन्दा बढी हो । पहिलो चरणको मतदान २८ अक्टोबरमा, दोस्रो चरणको मतदान नोभेम्बर ३ मा ९४ सिटका लागि भएको थियो भने अन्तिम मतदान नोभेम्बर ७ मा भएको थियो ।

२ सय ४३ सिटमा भएको मतदानमा जितका लागि कुनै पनि पार्टी या गठबन्धनका लागि कम्तिमा १ सय २२ सिट आवश्यक पर्छ । १५ वर्षदेखि निरन्तर शत्तामा रहेका नीतिशकुमार चौथो कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ ।

बीबीसीका अनुसार त्यहाँ मुख्य प्रतिष्पर्धा नितीश कुमार नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन अर्थात एनडीए र तेजस्वी यादवको नेतृत्वमा रहेको महागठबन्धनबीच हुँदैछ । एनडीएमा जनता दल युनाइटेड जेडीयू, भारतीय जनता पार्टी बीजेपी, हिन्दुस्तानी अवाम मोर्चा हम, विकाससिल इन्सान पार्टी वीआईपी रहेका छन् ।

त्यस्तै महागठबन्धनमा राष्ट्रिय जनता दल आरजेडी, कांग्रेससहित तीन वामपन्थी पार्टी कम्युनिष्ट पार्टी अफ इन्डिया सीपीआई, कम्युनिष्ट पार्टी अफ इन्डिया माक्र्सवादी सीपीएम र कम्युनिष्ट पार्टी अफ इन्डिया माक्र्सवादी लेनिनवादी लिबरेशन छन् । महागठबन्धनका तर्फबाट ३१ वर्षका तेजस्वी यादव रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);