अश्वेत नागरिकको मृत्युपछि अमेरिकामा फेरी चर्कियो प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

अश्वेत नागरिकको मृत्युपछि अमेरिकामा फेरी चर्कियो प्रदर्शन

एजेन्सी, ३२ जेठ । जर्ज फ्लोयडको मृत्युपछि चर्किएको आन्दोलन सेलाउन नपाउँदै गत शुक्रबार अमेरिकी प्रहरीको गोली लागि अर्का एक जना अश्वेत नागरिकको ज्यान गएपछि अमेरिकामा प्रदर्शन चर्किएको हो ।

शुक्रबार अमेरिकाको एटलान्टामा अश्वेत नागरिक २७ वर्षीय रेशर्ड ब्रुक्सको प्रहरीको गोली लागि मृत्यु भएको थियो ।एटलान्टाको एउटा रेस्टुरेन्टबाहिर कारमै सुतिरहेका बेला रेशर्डलाई गोली हानिएको बताइएको छ । तर अमेरिकी प्रहरी प्रशासनले भने आफूहरुमाथि आक्रमणको प्रयास गरेपछि जवाफी कारबाहीमा उनी मारिएको दाबी गरेको छ ।रेशर्डले मादक पदार्थ पनि सेवन गरेका अमेरिकी प्रहरीको दाबी छ ।

रेशर्डले प्रहरीलाई ‘टेजर गन’ देखाएर भाग्न खोजेपछि गोली हानिएको जनाइएको छ । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । उनको मृत्युको बिरोधमा एटलान्टा लगायत अमेरिकाका बिभिन्न शहरमा हिंसात्मक प्रदर्शन भएको छ ।

रेशर्डको मृत्युपछि एटलान्टा प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिएकी छिन् । गत २५ मेमा मिनियापोलिसमा एक प्रहरी अधिकारीले नियन्त्रणमा लिने क्रममा जर्ज फ्लोयडको घाँटी थिचेका थिए । त्यसको केही बेरमै फ्लोयडको मृत्यु भएको थियो ।त्यसपछि अमेरिका र विश्वका विभिन्न देशमा विरोध प्रदर्शन भइरहेको छ । जर्ज फ्लोयडको समर्थनमा चर्किएको आन्दोलन सेलाउन नपाउँदै प्रहरीबाट अर्का अश्वेत नागरिक रेशर्डको मृत्यु भएपछि अमेरिकामा यसले झन् तनाव सिर्जना गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);