बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

Sushant-Singh-Rajput

काठमाडौं, ३२ जेठ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबर भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मुम्बई बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

सुशान्तका घरेलु कामदारले प्रहरीलाई उनको आत्महत्याबारे जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ।

सुशान्तले २०१४ मा काइ पो छे मार्फत बलिउड डेब्यू गरेका थिए । उनि अभिनित ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम.एस धोनी’, ‘पिके’, ‘शुद्ध देसी रोमान्स’, ‘सोनचिडैया’ लगायतका फिल्म प्रदर्शनमा आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);