पोस्टमार्टम स्टाफ भन्छन्–सुशान्तको आत्महत्या होइन हत्या हो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पोस्टमार्टम स्टाफ भन्छन्–सुशान्तको आत्महत्या होइन हत्या हो

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको साढे दुई वर्ष भइसक्यो तर अहिलेसम्म यसको रहस्य खुल्न सकेको छैन । प्रहरीले उनको मृत्युलाई आत्महत्या भन्दै मुद्दा बन्द गरिदिए पनि उनका फ्यानहरु उनको हत्या भएको कुरामा अडिग छन् ।

कूपर अस्पतालमा सुशान्तको पोस्टमार्टमका क्रममा त्यहाँ उपस्थित पोस्टमार्टमका कर्मचारीमध्ये रहेका रुपकुमार शाहले सुशान्तले आत्महत्या नगरेको, हत्या भएको दाबी गरेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

सुशान्तको शव पोस्टमार्टमका लागि ल्याइँदा उनको घाँटी र शरीरका केही भागमा चोटको निशान रहेको उनले बताए । उनले भने,‘म यसबारे मेरा वरिष्ठहरूसँग कुरा गर्न चाहन्थे, तर उनीहरूले मलाई पछि छलफल गर्न भने।’

सुशान्तको पोस्टमार्टम रिपोर्टमा झुण्डिएर मृत्युको कारण निसास्सिएर भएको उल्लेख गरिएको थियो । सुशान्तको पोस्टमार्टमको भिडियो रेकर्डिङलाई पनि अनुमति दिइएको थिएन, त्यसैले अन्तिम समयमा सुशान्तको शवको अवस्थाको कुनै प्रमाण छैन।

रुपकुमार शाहले भने, ‘सुशान्त सिंह राजपुतको मृत्यु हुँदा हामीले कुपर अस्पतालमा पाँचवटा शव प्राप्त गरेका थियौं । हामीलाई भनियो कि शव मध्ये एक ख्क्ष्ए को हो। पोष्टमार्टम गर्न गएपछि थाहा भयो यो शव सुशान्त सिंह राजपूतको हो ।’

उनले थप भने कि हामीले सुशान्तको शरीरमा धेरै चोटका निशानहरू देखेका छौं। घाँटीमा दुई–तीन चोटको निशान पनि देखिन्छ । पोष्टमार्टमको रेकर्डिङ हुनुपथ्र्यो, तर माथिल्लो अधिकारीले फोटो खिच्ने मात्र अनुमति दिएकाले हामीले पनि आदेश पालना गर्यौं ।

रुपकुमारले थप भने, ‘जब मैले पहिलो पटक सुशान्तको शव देखेँ, मैले तुरुन्तै वरिष्ठलाई यो आत्महत्या नभएर हत्या भएको बताए । मैले उनीहरूलाई नियम पालना गर्नुपर्छ भनेँ, तर मेरा वरिष्ठहरूले मलाई यसबारे पछि कुरा गर्न भने। उनले जतिसक्दो चाँडो शवको तस्विर क्लिक गरेर प्रहरीलाई दिन भने । त्यसैले राती नै पोष्टमार्टम गर्यौं । पोष्टमार्टम रिपोर्टमा के लेख्ने डाक्टरको काम भएपनि सुशान्तले न्याय पाउनुपर्ने बताए । सुशान्तको तस्बिर हेरेर जो कोहीले पनि उनको हत्या भएको भन्न सक्छ । अनुसन्धान एजेन्सीले मलाई बोलाए भने म पनि त्यही भन्छु।’

अब यस विषयमा सुशान्तका वकिल विकास सिंहको प्रतिक्रिया आएको छ । उनले भने, ‘सुशान्तको शरीरमा चोटका निशान थिए वा थिएनन्, यसबारेमा म स्पष्टसँग केही भन्न सक्दिन, तर म भन्छु कि सुशान्तको मृत्युको कारण साधारण आत्महत्या थिएन । यसका पछाडि पक्कै कुनै न कुनै षड्यन्त्र थियो । सीबीआईले मात्रै यो समस्या समाधान गर्न सक्छ ।’
सुशान्त सिंह राजपूत १४ जुन, २०२० मा बान्द्रा स्थित उनको घरमा रहस्यमय रूपमा मृत फेला परेका थिए । सुरुमा यो घटना आत्महत्या भएको देखिए पनि पछि मिडिया र विपक्षी दलको दबाबका कारण घटनाको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो । सीबीआईको पछिल्लो प्रतिवेदनमा मृत्युको वास्तविक कारण आत्महत्या भनिएको थियो ।

जब सीबीआईले लागूऔषधको कोणबाट गरिएको थियो। यस विषयमा लागुऔषध नियन्त्रण ब्यूरोले व्यापक अनुसन्धान गरेको थियो । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सको यो केसमा नराम्ररी फसेकी थिइन् । रिया आफैंले सुशान्तलाई ड्रग्स सेवन गरेको र ड्रग्स दिएको आरोप पनि लागेको थियो । यसबाहेक रियाले सुशान्तलाई मानसिक र आर्थिक रूपमा यातना दिने गरेको आरोप पनि सुशान्तका परिवारले लगाएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);