निष्पक्ष छानबिन गर्न सुशान्तकी बहिनी श्वेताको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

निष्पक्ष छानबिन गर्न सुशान्तकी बहिनी श्वेताको आग्रह

काठमाडौँ । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु नभई हत्या भएको समाचार सार्वजनिक भएसँगै उनकी बहिनी श्वेता सिंहले घटनाको निश्पक्ष छानबिन गर्न आग्रह गरेकी छन् ।

श्वेताले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सीबीआई (केन्द्रीय अनुसन्धान ब्युरो)लाई घटनाको गहिराइमा गएर छानबिन गर्न आग्रह गरेकी हुन् ।

आफू बसेको अपार्टमेन्टमा सन् २०२० सुशान्तको शव भेटिएको थियो । पोस्टमार्टम गर्ने क्रममा शवगृहका कर्मचारीले घाँटी र शरीरका विभिन्न अंगमा चोटपटक देखिएको भन्दै उनको हत्या भएको दाबी गरेका हुन् ।

घटनाको सत्यताको नजिक पुग्न नसकेकाले अझै हाम्रो मन दुखिरहेको छ श्वेताले टिभी नाइन मराठीसँगको एक अन्तरवार्तामा भनेकी छन् ।

हत्या भएको दाबी हुनुभन्दा अघि नै सुशान्तको मृत्युलाई सिबीआईले आत्महत्या करार गरिसकेको थियो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);