सीमा विवाद समाधान गर्न भारतीय काँग्रेसको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सीमा विवाद समाधान गर्न भारतीय काँग्रेसको आग्रह

एजेन्सी, २९ जेठ । भारतको विपक्षी पार्टी कांग्रेस आइले नेपालसंगको सीमा विवाद कुटनीतिक तवरबाट समाधान गर्न भारतीय सरकारलाई आग्रह गरेको छ । भारतीय राष्ट्रिय कांग्रेसले कालापानी, लिम्पियाधुरा र लिपुलेकका विषयमा नेपालसँग देखिएको सीमा विवाद वार्ता र कूटनीतिक तवरबाट हल गर्न भारतीय सरकारलाई आग्रह गरेको हो ।

भारतीय राज्य सभामा प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका उपनेता आनन्द शर्माले विज्ञप्ति मार्फत उक्त आग्रह गर्नुभएको हो । उहाँले नेपाल–भारतबीच ऐतिहासिक सम्बन्ध र समझदारी कायम रहेकाले वार्ता र संवादमार्फत समस्या समाधान गर्नुपर्ने विज्ञप्तिमा जनाउनुभएको छ । नेपाल र भारतबीचको सीमा विवाद लगायतमा समस्या समाधानका लागि द्विपक्षीय संयन्त्र स्थापनाका बाबजुद अहिलेको अवस्था आउनु दुखद भएको शर्माको भनाई छ ।

पछिल्लो समय दुई देशबीचको ऐतिहासिक र मित्रतापूर्ण सम्बन्धमा दरार आएकाले तत्कालै सम्बोधन हुनुपर्ने विज्ञप्तिमा जनाइएको छ । भारतले सधैँ नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्दै आएको र दुई देशको करिब ९८ प्रतिशत सीमा विवाद समाधान भइसकेको शर्माको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);