अमेरिकामा प्रहरीको ज्यादतीबाट अर्का एक अश्वेत नागरिकको मृत्यु भएको तथ्य सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अमेरिकामा प्रहरीको ज्यादतीबाट अर्का एक अश्वेत नागरिकको मृत्यु भएको तथ्य सार्वजनिक

एजेन्सी, १९ भदौ । अमेरिकामा प्रहरीको ज्यादतीबाट अर्का एक अश्वेत नागरिक ड्यानियल प्रुडको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ । अमेरिकाको न्युयोर्क स्थित रोचेस्टर शहरमा प्रहरीले लगाइदिएको स्पिट हूडका कारण श्वास प्रश्वासमा असर परेर प्रुडको निधन भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

मानिसहरुमाथि थुकिरहेका ड्यानियललाई त्यसबाट रोक्नका लागि प्रहरीले स्पिट हूड लगाएको थियो । ४१ वर्षका ड्यानिएलको गएको मार्च ३० मै निधन भएको हो । प्रहरीले पक्राउ गर्दा निसास्सिएर गम्भीर बिरामी परेका उनलाई अस्पतालमा भर्ना गरेको सात दिनपछि निधन भएको तथ्य अहिले मात्रै सार्वजनिक भएको हो ।

संस्थागत रुपमा रहेको रंगभेदका कारण प्रुडकोे निधन भएको रोचेस्टरकी मेयर लभ्ली वारेनल वारेनले बताउनु भयो । मेयर वारेनले एक निहत्था अश्वेत अमेरिकीलाई पक्राउ गर्ने क्रममा ज्यादती गर्ने ७ प्रहरीलाई निलम्बित गर्नुभएको छ ।

पक्राउ गर्ने क्रममा प्रहरी ज्यादतीकारण प्रुडको निधन भएको तथ्य सार्वजनिक भएएपछि मेयर वारेनले ७ प्रहरी अधिकारीलाई निलम्बित गर्नुभएको हो । मेयर वारेनले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);