अमेरिकामा जर्ज फ्लोएडको हत्याका दोषी डेरेक चोभनलाई साढे २२ वर्षको जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

अमेरिकामा जर्ज फ्लोएडको हत्याका दोषी डेरेक चोभनलाई साढे २२ वर्षको जेल सजाय

एजेन्सी । अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोएडको हत्या अभियोगमा दोषी ठहर भएका पूर्व प्रहरी अधिकारी डेरेक चोभनलाई २२ वर्ष ६ महिनाको जेल सजाय भएको छ ।

अमेरिकी अदालतले पदमा रहँदा तोडेको विश्वास र अधिकार तथा फ्लोएडसँग गरेको निर्ममताका आधारमा चोभनलाई २२ वर्ष ६ महिनाको जेल सुनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

१४ दिनको सुनुवाईमा ४५ जना साक्षीको बयान एवम् पक्ष विपक्षका वकिलको बहस सुनेपछि जुरीले दुई महिना पहिले नै निर्णय तयार पारेको थियो । जुरीले पूर्व प्रहरी अधिकारी चोभनलाई सेकेण्ड डिग्री मडर र थर्ड डिग्री मडर एवम् मानवहत्या अभियोगमा दोषी ठहर गरेको थियो ।

दोषी ठहर भएका चोभनको सजाय न्यायाधीशले अहिले सुनाएका हुन् । गएको वर्ष अमेरिकाको मिनेशोटा राज्यको मिनियापोलसमा प्रहरीले पक्राउ गर्ने क्रममा गरेको ज्यादतीका कारण अश्वेत अमेरिकी ४६ वर्षे फ्लोएडको निधन भएको थियो ।

त्यसपछि अमेरिकासहित विश्वभर रंगभेद र प्रहरी ज्यादती विरुद्ध प्रदर्शन भएको थियो । फ्लोइडको परिवार र समर्थकले सजायको स्वागत गरेका छन् ।

Leave a Reply