‘ड्रग लर्ड’ एल चापोलाई जन्मकैद र थप ३० वर्ष जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘ड्रग लर्ड’ एल चापोलाई जन्मकैद र थप ३० वर्ष जेल सजाय

el-chapo

एजेन्सी, २ साउन । अमेरिकाको अदालतले मेक्सिकोका लागुऔषध तस्कर ख्वाकिन गुथमानलाई जन्म कैद र थप ३० वर्षको जेल सजाय फैसला गरेको छ ।

एल चापोका नामले चिनेले ख्वाकिनलाई मेक्सिकोका ‘ड्रग लर्ड’ भन्ने गरिन्छ । जन्मकैद उनको न्यूनतम सजाय हो र ३० वर्ष जेल अवैध रुपमा हातहतियारको प्रयोगका लागि सुनाइएको हो । यस्तै उनले १२ अर्ब ६० करोड अमेरिकी डलर जरिवाना तिर्नु पर्ने पनि फैसला भएको छ । अमेरिकाको न्युयोर्कमा रहेको संघीय अदालतले लागुऔषध तस्करी सम्बन्धका १० मुद्दामा गएको फेब्रुअरीमा उनलाई दोषी ठहर गरेको थियो । ६२ वर्षका ख्वाकिन कोकिन तथा हेरोइनको तस्करी, अवैध हतियार राखेको तथा मनी लण्ड्रिङ्गसहितका आरोपमा दोषी पाइएका हुन् । फेब्रुअरीमा दोषी ठहर गरेको अदालतले उनको सजाय बुधबार सुनाएको हो ।

उनको पूरै जीवन अब जेलमा बित्ने सम्भावना छ । जेलबाट सुरुङ्ग बनाएर भागेका ख्वाकिनलाई सन् २०१६ मा प्रहरीले पक्राउ गरेको थियो । सन् २०१७ मा उनलाई अमेरिका सुपुर्दगी गरिएको थियो । सन् १९५७ मा किसान परिवारमा जन्मिएका ख्वाकिन अफिम तथा गाँजाको खेतमा काम गर्थे र त्यहिँबाट उनले ड्रग्स तस्करीको गुण सिकेका हुन् । बुधबार सजायको फैसला हुनु पूर्व ख्वाकिनले अमेरिकाले आफूलाई असीमित यातना दिएको बताएका थिए । यस्तै मुद्दाको सुनुवाईको क्रममा आफूमाथि अन्याय भएको पनि उनले दाबी गरे । उनलाई उच्च सुरक्षासहित कोलोराडोस्थित जेलमा राखिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);