ट्रम्पको रंगभेदी ट्वीटको निन्दा गर्ने सम्बन्धी प्रस्ताव सदनबाट पारित, सर्वत्र आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८३, शनिबार

ट्रम्पको रंगभेदी ट्वीटको निन्दा गर्ने सम्बन्धी प्रस्ताव सदनबाट पारित, सर्वत्र आलोचना

american samsadh

काठमाडौं, १ साउन । अमेरिकी संसदको तल्लो सदन द हाउस अफ रिप्रिजेन्टेटिभले चार महिला सांसदलाई लक्षित गरी शृङ्खलाबद्ध रुपमा गरेको रंगभेदी ट्वीटको निन्दा गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ल्याटिन तथा अफ्रिकन मुलका महिला नेतृलाई लक्षित गरेर आइतबार रंगभेदी ट्वीट गरेका थिए । उनले ट्वीटमा लेखेका थिए, ‘मुल रुपमा राज्यसत्ता पूर्ण रुपमा खराब रहेको देशबाट आएकाहरुले सुझाव दिनु पूर्व आफ्नो मुल देश फर्किए हुन्छ । त्यसपछि राष्ट्रपति ट्रम्पले कंग्रेसकी सभामुख न्यान्सी पेलोसीलाई लक्षित गरेर ट्वीट गरेका थिए ।

डेमोक्र्या्टिक पार्टीका लेफ्ट–विङ्गमा रहेका चार महिला नेतृको समूह ‘द स्क्वाड’ सँग सभामुख पेलोसीको गएको हप्ता विवाद भएको थियो । त्यसको हप्ता दिनपछि ट्रम्पले उनीहरु विरुद्ध रंगभेदी ट्वीट गरेका हुन् । ट्रम्पले ती नेतृहरु आफ्नो ‘मुल’ देश फर्किने भए यात्राको निशुल्क व्यवस्थापनका लागि सभामुख पेलोसी खुशी हुने ट्वीटमा उल्लेख गरेका थिए । महिला सांसदलाई लक्षित गरी आएको ट्रम्पको ट्वीटको सर्वत्र आलोचना भइरहेको छ ।

ताजा समाचार