ट्वीटका कारण डोनाल्ड ट्रम्प पुनः विवादमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

ट्वीटका कारण डोनाल्ड ट्रम्प पुनः विवादमा

trump tv address

एजेन्सी, १२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः विवादमा तानिएका छन् । ट्रम्प आफैंले गरेको एउटा ट्वीटका कारण विवादमा तानिएका छन् ।ट्रम्पले अफ्रिकी मूलका डेमोक्र्याटिक नेतामाथि रंगभेदी टिप्पणी गरेपछि बिवादमा तानिएका हुन ।

पछिल्लो समय भने ट्रम्पले कंग्रेसमा डेमोक्याट्रिक पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने अफ्रिकी मूलका एलाइजा कमिङसलाई लक्षित गरेर रंगभेदी ट्वीट गरेका थिए ।

राष्ट्रपति ट्रम्पले दुई हप्ताअघि पनि कंग्रेसमा रहेका चार जना डेमोक्र्याटिक महिला नेतृलाई लक्षित गरी रंगभेदी ट्वीट गरेका थिए । ट्रम्पले कमिङस र उनले प्रतिनिधित्व गरेको बाल्टिमोरको मेरिल्याण्डलाई ‘रोडेन्ट इन्फेक्टेड मेस’ अर्थात मुसासहितका जनावरको संक्रमण फैलिएको फोहोर क्षेत्र भनेका छन् ।

अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पको यो ट्वीट रंगभेदी रहेको बताएकी छिन् । त्यसैगरी कमिङसले आफ्ना बारेमा ट्रम्पले गरेको टिप्पणी डर–धम्की रहेको बताएका छन् । कमिङसले ट्रम्प प्रशासनले मेक्सिकोसँगको सीमा क्षेत्रमा आप्रवासीमाथि गरेको व्यवहारको आलोचना गर्दै आएका छन ।

त्यसैको बदलामा ट्रम्पले आफूमाथि यस्तो बोलेको कमिङसको भनाई छ । अमेरिकी जनगणना अनुसार मेरील्याण्डमा ५० प्रतिशत भन्दा बढी अफ्रिकी मुलका नागरिकको बसोबास छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);