अफगानिस्तानमा कार बम आक्रमणमा परी ४ प्रहरीको मृत्यु, १२ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अफगानिस्तानमा कार बम आक्रमणमा परी ४ प्रहरीको मृत्यु, १२ जना घाइते

attact in afgansthan

एजेन्सी, १२ साउन । पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा गराइएको कार बम आक्रमणमा ४ प्रहरी अधिकारी मारिएका छन् ।

गजनी प्रान्तको प्रहरी कार्यालय अगाडी गराइएको कार बम आक्रमणमा अरु १२ जना घाइते भएका छन् । घाइते हुनेमा अधिकांश प्रहरी रहेको जनाइएको छ । घटनाका बारेमा थप विवरण आउन बाँकी नै रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आक्रमणमा अफगानिस्तामा सक्रिय इस्लामिक लडाकु समूह तालिबानको हात रहेको हुनसक्ने अफगान अधिकारीले जनाएका छन् । पछिल्लो समय तालिबानले अफगानिस्तानमा सैनिक आक्रमण तथा बम विष्फोटलाई तीब्र बनाएका छन् । केही दिन अघिमात्र राजधानी काबुलमा गराइएको बम आक्रमणमा दर्जन बढीको ज्यान गएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);