अफगानिस्तानमा आक्रमण: ११ जना नेपाली घाइते भएको पुष्टि (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अफगानिस्तानमा आक्रमण: ११ जना नेपाली घाइते भएको पुष्टि (फोटोफिचर)

afgansthan

काठमाडौं, १४ मंसिर । अफगानिस्तानको काबुलमा भएको आक्रमणमा ११ जना नेपाली घाइते भएको पुष्टि भएको छ।

ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएसको कार्यालय परिसरमा भएको आत्मघाती कार बम आक्रमणमा कम्तीमा एक बेलायती र ६ अफगानीसहित ७ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए ।

घाइतेमध्ये ११ नेपाली, ११ अफगान र ५ बेलायती नागरिक रहेको बीबीसीले जनाएको छ। यसअघि सन् २०१६ को जुनमा काबुलमा गरिएको एक आक्रमणमा १२ नेपाली मारिएका थिए ।

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले घटनामा नेपाली घाइते भएको पुष्टि गरे पनि उनीहरुको परिचय र अवस्थाबारे केही खुलाएको छैन । घाइते नेपालीहरु ब्रिटिस सुरक्षासम्बन्धी कम्पनी जीफोरएसमा कार्यरत थिए । जीफोरएस विश्वकै सबैभन्दा ठूलो सुरक्षा कम्पनी हो ।

अफगान अधिकारीहरूका अनुसार बुधबारको कार बम विस्फोट गराएपछि पाँच सशस्त्र आक्रमणकारीहरू जीफोरएस परिसरमा प्रवेश गरेका थिए । त्यसपछि दुवै पक्षबीच गोली हानाहान भएको थियो । घटनाको समयमा ३ सय ३० व्यक्ति रहेको र तीमध्ये अधिकांश विदेशी रहेको बताइएको छ । आक्रमणको जिम्मा तालिवानले लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);