मस्जिदमा बम आक्रमण हुँदा १२ को मृत्यु, ३३ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मस्जिदमा बम आक्रमण हुँदा १२ को मृत्यु, ३३ घाइते

bomb-blast

एजेन्सी, ८ मंसिर । अफगानिस्तानको पूर्वी खोस्ट प्रान्तको मन्दोजाई जिल्लास्थित एक मस्जिदमा भएको बम आक्रमणमा १२ जना भन्दा बढीको मृत्यु भएको छ ।

बम आक्रमणमा ३३ जना घाइते भएका छन् । मृत्यु र घाईते हुने सबै अफगान राष्ट्रिय सेनाका सुरक्षाकर्मी भएको खोस्ट सुरक्षा वेशले जनाएको छ ।

मस्दिजमा पूजाका लागि ठूलो संख्यामा धर्मावलम्बीहरु आएका बेला सैनिकहरु रहेको स्थानमा आक्रमण भएको हो । यसअघि राजधानी काबुलमा तीन दिनअघि भएको आत्मघाती आक्रमणमा ५० जनाको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);