मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने ट्रम्पको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने ट्रम्पको चेतावनी

trump-2

एजेन्सी, ८ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने चेतावनी दिएका छन् । अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा मध्य अमेरिकी देशहरूबाट आप्रवासीको आगमन जारी रहेको र त्यस क्रममा शान्ति सुरक्षामा बाधा पुगेको भन्दै उनले यस्तो चेतावानी दिएका हुन् ।

आप्रवासीको आगमन जारी रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसंगको सिमाना बन्द गरिदिने चेतावनी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । साथै उनले यस्तै अवस्था आए मेक्सिकोसँगको व्यापार समेत बन्द गरिदिने धम्की पनि दिइएको बताइएको छ ।

आवश्यक परिस्थति अनुसार सिमास्थित सुरक्षा फौजलाई शक्ति प्रयोग गर्न समेत आफूले अनुमति दिएको ट्रम्पले बताएका छन् । मेक्सिकोे सीमा क्षेत्रबाट प्राय हन्डुरसका आप्रवासी हजार किलोमिटर यात्रा गरेर मेक्सिकोतर्फ आइपुगेका छन् ।

यसरी बलजफ्ती आउने क्रममा उनीहरुलाई रोक लगाउन सीमा बन्द गरिने उनले चेतावनी दिएका हुन् । ती अमेरिकी देशहरुमा परेका विभिन्न समस्याका कारण आफ्नो देशमा व्याप्त आर्थिक कठिनाई तथा हिंसाबाट बच्न उनीहरू अमेरिका जान चाहन्छन् ।

स्थानीय अधिकारीहरूका अनुसार ती क्षेत्रहरुबाट अहिले पनि थप आप्रवासीहरू आउने क्रम जारी नै रहेको छ । यसरी उनीहरूलाई स्वतन्त्र रुपमा छोडिदिने हो भने यसरी आउनेहरुको कुल संख्या १० हजार पुग्नेछ ।

यसअघि राष्ट्रपति ट्रम्पले सीमा क्षेत्रमा करिब ६ हजार जना सुरक्षाकर्मी परिचालन गरेको जानकारी दिएका थिए । उनले हालैमात्र पनि यसरी ती व्यक्ति अमेरिका प्रवेश गर्न खोज्नुलाई आप्रवासीहरुको अतिक्रमणको संज्ञा दिएका थिए ।

उनले आप्रवासीलाई कुनै पनि हालतमा अमेरिका प्रवेश गर्न नदिइने र यदि आवश्यक परेमा मेक्सिकोतर्फको सीमा र व्यापारिक सम्बन्ध समेत अमेरिकाले चाहेको समय सम्मका लागि बन्द गरिदिने बताएका छन् ।

आप्रवासीप्रति कडा देखिएका अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालको सुरुवाती चरणमा मेक्सिकोको सिमा क्षेत्रमा अग्लो पर्खाल लगाउने प्रस्ताव अघि सारेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);