अमेरिकाद्वारा मध्य अमेरिकी महादेशका तीन देशलाई दिंदै आएको आर्थिक सहायता बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अमेरिकाद्वारा मध्य अमेरिकी महादेशका तीन देशलाई दिंदै आएको आर्थिक सहायता बन्द

डोनाल्ड ट्रम्प

एजेन्सी, १७ चैत । अमेरिकाले मध्य अमेरिकी महादेशका तीन मुलुकहरुलाई दिँदै आएको आर्थिक सहायता बन्द गरेको छ । मध्य अमेरिकाका तीन मुलुकहरु होण्डुरस, निकारागुवा र एल साल्भाडोरले अमेरिकातर्फ आप्रवासीलाई पठाइरहेको भन्दै ती मुलुकहरुलाई दिइँदै आएको आर्थिक सहायता बन्द गरेको जनाएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार ती मुलुकलाई उपलब्ध गराइँदै आएको ७० करोड अमेरिकी डलरभन्दा बढीको आर्थिक सहायता बन्द गरिएको जनाएको हो ।

यद्यपि, विदेशमन्त्रालयको घोषणालाई अमेरिकी कंग्रेस अर्थात संसदले पनि स्वीकृत गर्नुपर्ने बताइएको छ । त्यसका लागि विदेशमन्त्रालयले कंग्रेससँग पनि सहकार्य गर्ने जनाएको छ ।

पछिल्ला केही दिनयता मेक्सिकोसँगको दक्षिणी सीमा भएर अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको सख्या बढ्दै गएपछि अमेरिकाले आर्थिक सहायता बन्द गरेको हो । यसअघि राष्ट्रपति ट्रम्पले यसै साता मेक्सिकोसँगको सीमा पनि बन्द गर्ने सम्भावना रहेको चेतावनी दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);