फिलिपिन्समा भूकम्प जाँदा ८ को मृत्यु, ६० जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

फिलिपिन्समा भूकम्प जाँदा ८ को मृत्यु, ६० जना घाइते

philippines earthquake

एजेन्सी, ११ साउन । फिलिपिन्समा गएको भूकम्पमा परी ८ जनाले ज्यान गुमाएका छन् भने ६० भन्दा बढी घाइते भएका छन् । फिलिपिन्सको बातानेस प्रान्तमा एकै दिन दुई पटक भूकम्प जाँदा बढी क्षति भएको बताइएको छ ।

शनिवार सबेरै देशको उत्तरमा पर्ने बातानेस प्रान्तमा ५दशमलव ४ र ५ दशमलव ९ म्याग्निट्युडको भूकम्प गएको हो । उक्त प्रान्तमा धेरै टापु रहेका छन् । मेयर राउल डे सागोनले करिब ६० जना घाइते भएको बताएका हुन ।

भूकम्प जाँदा धेरै मानिसहरू घरभित्रै रहेको बताइएको छ । भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छैन ।

फिलिपन्सको रेडक्रसले सामाजिक सञ्जालमा राखेका घरहरू भग्नावशेषमा परिणत भएको तस्वीरहरूमा सार्वजनिक गरेको छ । फिलिपिन्स भूकम्पीय जोखिम धेरै भएको देशहरुमा एक हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);